अमिताभ र इमरान पहिलो पटक एउटै फिल्ममा « Nagarik Khabar

अमिताभ र इमरान पहिलो पटक एउटै फिल्ममा



एजेन्सी । बलिउड सुपरस्टार अमिताभ बच्चन र इमरान हाशमी पहिलोपटक फिल्ममा सँगै देखिने भएका छन् । दुबै अभिनेताको अभिनय रहने फिल्मको शुटिङ आजदेखि सुरु भएको छ ।

फिल्मको नाम भने अहिलेसम्म तय गरिएको छैन । फिल्मलाई रुमी जाफीले निर्देशन गर्दैछन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार, यो थ्रीलर फिल्म हो । अमिताभ बच्चनले एक वकिलको भूमिकामा अभिनय गर्नेछन् र इमरान हाशमी बिजनेश म्यानको भूमिकामा देखिनेछन् ।

निर्देशक जाफीका अनुसार, रिटायर्ड वकिल एक साइक्लोजिकल गेम खेल्नेछन् र यसैबाट फिल्मको कथा अगाडि बढ्नेछ । फिल्म सन् २०२० को २१ फेब्रुअरीमा रिलीज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: