१ सय २४ रुपैयाँमा घर बिक्रिमा ! « Nagarik Khabar

१ सय २४ रुपैयाँमा घर बिक्रिमा !



एजेन्सी । इटलीमा ५ सय घर १ यूरो अर्थात नेपाली झण्डै १ सय २४ रुपैयाँका दरले बिक्रिमा राखिएको छ । इटलीको पर्यटकीय स्थलका ५ सय घर बिक्रिमा राखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । तर घर खरीद गर्नेका लागि रिनोभेट गर्ने सर्त राखिएको छ । सुसोमेली शहरमा पहिलो चरणमा १ सय घर १ यूरोमा बिक्रिका लागि अनलाईनमा राखिएको छ । अन्यघर छिट्टैनै बिक्रिमा राखिनेछ ।

घर खरिद गरेर रिनोभेट नगरेमा तीन वर्षभित्र फिर्ता लिने जानकारी पनि अधिकारीहरुले दिएका छन् । रिनोभेसनका लागि प्रति स्क्वायर फिट १२ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । घर रिनोभेसनका लागि स्थानीय आर्किटेक्ट र इन्जीनियर पनि उपलव्ध हुनेछन् । सयौं व्यक्तिले घर खाली गरेपछि अधिकारीहरुले ती घर बेच्ने निर्णय गरेका हुन । इटलीको मुसोमेली शहरमा ऐतिहासिक गुफा, महल र चर्च रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: