बर्दिवास । बर्दिबास नगरपालिका भित्रका विभिन्न स्थानमा सडक नाटक प्रदर्शन गरिएको छ ।
युवा अभियान नेपाल बर्दिबासको प्रयास, लागू औषध मुक्त बर्दिबास भन्ने मुल नाराका साथ जनचेतनामूलक सडक नाटक प्रदर्शन गरिएको हो ।
बर्दिबास नगरपालिकाको आर्थिक सहयोगमा २५ गते बुधबारदेखि सुरु भएको नाटक ६ वटा वडामा प्रदर्शन गरिने आयोजक युवा अभियान नेपाल बर्दिबासले जानकारी दिएको छ ।