सिटौलाले श्रेष्ठलाई औंला ठड्याउदै भने ,म आउँदिन जे गर्न सक्छस गर « Nagarik Khabar

सिटौलाले श्रेष्ठलाई औंला ठड्याउदै भने ,म आउँदिन जे गर्न सक्छस गर



काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई न्यायपरिषदका सदस्य रामप्रसाद सिटौलाले गालीगलौज गरेका छन् । विहिबार कानुन दिवसको अवसरमा सर्वोच्च अदालतल आयोजना गरेको एक विशेष कार्यक्रममा बार अध्यक्ष श्रेष्ठलाई न्यायपरिषद सदस्य सिटौलाले गाली गलौच गरेका हुन । नेपाल एसोसिएसनले न्यायधीश नियुक्तिको विषयलाई लिएर न्यायपरिषदका सदस्य रामप्रसाद सिटौलालाई बार एसोसिएनमा उपस्थित हुन पत्र काटेपछि उनी आक्रोसित हुदै बार अध्यक्षमाथि गालीगलौजमा उत्रिएका थिए ।

दुई महिनाअघि परिषद्ले सर्वोच्च र उच्च अदालतका लागि गरेको न्यायधीश नियुक्ति सिफारिस विषयलाई लिएर बारले सिटौलालाई पत्र काटेको थियो । सिटौला बारको सिफारिसमा न्यायपरिषद सदस्य बनेका थिए त्यसको आधारमा बारले उनलाई सम्पर्क समन्वय निर्देशिका बनाउन लागेको जनाउदै पत्र काटेको थियो । न्यायाधीश नियुक्ति विषयमा सार्वजनिक रुपमा विरोध हुँदै आएपछि बारले सिटौलालाई पत्र काटेको थियो।

सदस्य सिटौलाले श्रेष्ठलाई औंला ठड्याउँदै भने,म आउँदिन तैले के गर्न सक्छस् गर।’ यो सुनेपछि बार अध्यक्ष श्रेष्ठले पनि रिस थेग्न सकेनन उनले पनि जवाफ फर्काए नआए बारले कारवाही गर्छ । उनले ‘बारको गरिमा र मर्यादा नबुझेको’ व्यक्तिभएपछि कस्को के लाग्छ भन्दै सिटौलामाथि खनिएका थिए ।

नेपाल बार एसोसिएसनले कार्यसमितिको वैशाख ९ मा बसेको बैठकको निर्णयअनुसार न्यायपरिषद्का सदस्य तथा वरिष्ठ अधिवक्ता रामप्रसाद सिटौलालाई पत्र पठाएको थियो ।‘बारले पत्र पठाएको बारेमा उहाँलाई रिस उठेको रहेछ मलाई आएर गाली गर्नुभयो उहाँको पदीय मर्यादा र शोभाले त्यस्तो भन्न सुहाँउने कुरा थिएन, अध्यक्ष श्रेष्ठले भने ‘बारले पत्र पठाएको छ अनुकुल समयमा उपस्थित हुनु भनिएको छ ।’

न्यायपरिषद सदस्य नियुक्ति सिफारिस तथा सम्पर्क समन्वय निर्देशिका बनाउन लागेको जानकारी गराउँदै पत्र पठाइएको थियो। ‘न्यायपरिषद् गतिविधि एवं निर्णय प्रक्रिया सम्बन्धमा माननीय सदस्यज्यूसँग भेटघाट तथा छलफल, रायसुझाव लिन समेतका लागि यहाँको अनुकूल समयमा बार कार्यालयमा उपस्थितिका लागि हार्दिक आमन्त्रण गर्छौं’, पत्रमा लेखिएको छ। सिटौलालाई अनुकूल समय जानकारी गराउनसमेत पत्रमा आग्रह गरिएको छ।

सिटौलालाई सम्बोधन गरी बारका महासचिव लीलामणि पौडेलले हस्ताक्षर गरी पत्र पठाएका थिए। त्यही पत्रको विषयलाई लिएर न्यायपरिषद सदस्य सिटौलाले गाली गरेका थिए । सदस्य सिटौलाले आफ्नो बारसँगको नाता टुटिसकेको बताउदै देखाईदिने चेतावनी समेत दिएका थिए । 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: