संसदीय मर्यादा अनुकूल नभएका शब्दहरु रेकर्डबाट हटाउन सभामुखको निर्देशन « Nagarik Khabar

संसदीय मर्यादा अनुकूल नभएका शब्दहरु रेकर्डबाट हटाउन सभामुखको निर्देशन



काठमाडौं । सरकारको नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा गत मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रयोग भएका असंसदीय शब्दहरुलाई संसदको रेकर्डबाट हटाईने भएको छ ।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख कृष्णबहादुर महराले त्यस दिन प्रयोग भएका संसदीय मर्यादा अनुकुल नभएका शब्दहरु अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिएका छन् ।

‘मेरो ध्यानाकर्षणको विषयमा म केही भन्न चाहन्छु,’ सभामुख महराले भने, ‘नेपाल सरकारको नीति तथा कार्यक्रमबारे सम्माननिय प्रधानमन्त्री ज्युले स्पष्टीकरण तथा माननिय सदस्यहरुको जिज्ञासाको उत्तर दिने क्रममा प्रयोग भएका संसदीय मर्यादा अनुकुल नभएका शब्दहरु अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिन्छु ।’

नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफलपछि सांसदहरुबाट उठेका प्रश्नको जवाफ दिने क्रममा आक्रोश, कुण्ठा र निम्छरा शब्द प्रयोग गरेपछि प्रमुख प्रतिपक्षी दलका सांसदले ती शब्द संसदीय मर्यादा विपरित भएको भन्दै रेकर्डबाट हटाउन माग गरेका थिए । त्यसदिन सो बारेमा सभामुखले कुनै निर्देशन नगरेपछि कांग्रेसले बैठक अवधिभर नै नाराबाजी गरिरहेको थियो । नाराबाजीकै बीच सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: