दुई युरोपियन क्लब फुटबलको फाइनलमा चारवटै इङ्लिस टोली « Nagarik Khabar

दुई युरोपियन क्लब फुटबलको फाइनलमा चारवटै इङ्लिस टोली



लण्डन । इङ्ल्याण्ड एकै सिजन युरोपका दुई ठूला क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिग र युरोपा लिगको फाइनलमा आफ्ना दुई/दुई टोली पु¥याउने पहिलो देश बनेको छ ।

दुई इङ्लिस टोली लिभरपुल र टोट्टनहाम हर्टस्परले उत्कृष्ट ‘कमब्याक’सँगै च्याम्पियन्स लिगको फाइनलमा स्थान सुरक्षित गरेको एक दिनपछि नै अर्काे दुई इङ्लिस क्लब आर्सनल र चेल्सीले पनि युरोपा लिगको फाइनलमा स्थान सुरक्षित गरेका छन् । यससँगै यस पटक दुबै युरोपियन क्लब फुटबलको उपाधि इङ्ल्यान्डमा भित्रिने निश्चित भएको छ ।

च्याम्पियन्स लिग र युरोपा लिग युरोपका दुई प्रतिष्ठत फुटबल प्रतियोगिता हुन्, जहा युरोपका उत्कृष्ट टोलीहरूले प्रतिस्पर्धा गर्ने गर्दछन् ।

चेल्सी जर्मन क्लब इन्ट्राच्ट फ्राङ्कफर्टलाई टाइब्रेकरमा ४–३ गोलले पराजित गर्दै युरोपा लिगको फाइनलमा प्रवेश गरेको हो । सेमिफाइनल दुवै लेगको खेल १–१ गोलको बराबरीमा रोकिएपछि निर्णयार्थ प्रहार गरिएको टाइब्रेकरमा चेल्सी भाग्यमानी ठहरिएको हो ।

टाइब्रेकरमा इडेन हार्जाडले निर्णायक गोल गरेका थिए । त्यस अघि चेल्सीका गोलरक्षक केपा एरिजाबालागाले फ्राङ्कफर्टका दुई खेलाडीको प्रहार रोकिदिएका थिए ।

आर्सनलले भने स्पेनी टोली भ्यालेन्सियाविरुद्व ७–३ को भारी अन्तरको जितसहित फाइनल यात्रा तय गरेको हो । पहिलो लेगको खेलमा ३–१ ले विजयी भएको आर्सनलले बिहिबार भएको दोस्रो लेगको खेलमा ४–२ गोलको सहज जित निकाल्यो । जसमा स्ट्राइकर पिइरे–इमेरिक औबामेयाङले ह्याट्रिक पुरा गरेका थिए ।

युरोपा लिगको फाइनल खेल आगामी मे २९ तारिखमा अजरबैजानको बाँकुमा हुने छ । आर्सनलले युरोपा लिगको फाइनल प्रवेश गरेसँगै अर्काे सिजन युरोपियन च्याम्पियन्स लिग खेल्ने बाटो पनि खुल्लै राखेको छ । यद्यपि अर्काे सिजन च्याम्पियन्स लिग खेल्नका लागि आर्सनललाई यस पटक युरोपा लिगको उपाधि जित्नै पर्ने छ ।

किन भने आर्सनल यो सिजन इङ्लिस प्रिमियर लिगमा शीर्ष चार भित्र पर्ने सम्भावना निक्कै कम रहेको छ । चेल्सीले भने प्रिमियर लिगको शीर्ष चार भित्र रहँदै अर्काे सिजन च्याम्पियन्स लिग खेल्ने निश्चित गरिसकेको छ ।

हाजार्डको समय

यदि चेल्सीको जर्सीमा घरेलु मैदानमा हाजार्डको यो अन्तिम खेल हो भने, उनले आफ्नो अन्तिम खेललाई अविस्मणीय बनाएका छन् । बेल्जियमका यी खेलाडी यो सिजनपछि स्पेनी क्लब रियल म्याड्रिड जाने चर्चा चलेको छ । चेल्सीमा सात वर्ष विताएका हाजार्डले स्टामफोर्ड ब्रिजमा आफूलाई विश्वकै एक सशक्त खेलाडीको रुपमा स्थापित गराएका छन् ।

हाजार्ड आफैले भने चेल्सीबाट यो आफ्ना लागि अन्तिम खेल नभएको स्पष्ट पारेका छन् । ‘मैले यस विषयमा सोचेको छैन’, चेल्सीबाट यो अन्तिम खेल हो भनी सोधिएको प्रश्नमा हाजार्डले भने, ‘म मात्रै यो क्लब र यो टोलीलाई केही दिलाऔं भनेर मात्रै सोचिरहेको छु । यदी युरोपा लिग फाइनल मेरा लागि अन्तिम खेल हो भने, म चेल्सीलाई उपाधि दिलाउन हदैसम्मको मेहनत गर्ने छु ।’

बिहिबार खेलको २८औं मिनेटमा उनकै सहयोगमा रुवेन लफटस–चेकले गोल गर्दै चेल्सीलाई अगाडि बढाएका थिए । यद्यपि त्यसपछि लुका जोभिचले गोल गर्दै जर्मन टोली फ्राङ्कफर्टलाई १–१ गोलको बराबरीमा फर्काएका थिए । त्यसपछि अतिरीक्त समयमा समेत दुबै टोलीबाट गोल हुन नसक्दा टाइब्रेकर प्रहार गर्नुपरेको थियो ।

उनई इमेरीको प्रभाव

उनई इमेरीले सन् २०१४ देखी ०१६ सम्म लगातार तीन वर्ष सेभिल्लाबाट युरोपा लिगको उपाधि जितेका थिए । यस पटक आर्सनलको प्रशिक्षणको जिम्मेवारी सम्हालेका इमेरी आफ्नो पहिलो वर्षमै उपाधि जित्ने अवस्थामा पुगेका छन् । बिहिबार आर्सनललाई फाइनलमा डोहो¥याएपछि उनी चार सिजन युरोपा लिगको फाइनल खेल्ने पहिलो प्रशिक्षक समेत बनेका छन् ।

मैदानमा औबामेयाङ र एलेज्यान्डर लाकाजेट्टीको जोडी जमेपछि इमेरी नेतृत्वको आर्सनलले प्रभावशाली जित हात पारेको हो । भ्यालेन्सियाविरुद्व औबामेयाङले ह्याट्रिक गोल गरे भने लाकाजेट्टीले एक गोल गरे । भ्यालेन्सियाका लागि भने केभिन गमेइरोले दुई गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: