विप्लव समूहका विद्यार्थी नेता ढकाल पक्राउ « Nagarik Khabar

विप्लव समूहका विद्यार्थी नेता ढकाल पक्राउ



काठमाडौं । नेकपा ‘विप्लव’ निकट विद्यार्थी सङ्गठनका अध्यक्ष चिरन्जीवी ढकाल अनामनगरबाट पक्राउ परेका छन। ११ विद्यार्थी सङ्गठनको पत्रकार सम्मेलनमा सहभागी ढकाललाई प्रहरीले अनामनगरबाट पक्राउ गरेको हो । ढकाल पक्राउ परेको प्रहरी परिसर काठमाडौका प्रमुख उत्तम सुवेदीले पुष्टि गरेका छन् । सरकारले नेकपा विप्लव समूहका गतिविधिलाई प्रतिबन्ध लगाएको छ । सो प्रतिबन्धपछि विप्लव समूहका नेता कार्यकर्ताहरु भूमिगत भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: