दोलखा उद्योग वाणिज्य संघमा नेतृत्वका लागि रक्साकस्सी « Nagarik Khabar

दोलखा उद्योग वाणिज्य संघमा नेतृत्वका लागि रक्साकस्सी



दोलखा । दोलखा उद्योग वाणिज्य संघको शनिबार हुने अधिवेशनको पूर्वसन्ध्यामा चुनावी परिणाम आफ्नो पक्षमा पार्न व्यवसायीहरुबीच रक्साकस्सी भइरहेको छ ।

आगामी तीन वर्षे नेतृत्वका लागि वर्तमान अध्यक्ष सुन्दर कार्की र महासचिव इन्द्रबहादुर श्रेष्ठ छुट्टा–छुट्टै प्यानल बनाएर चुनावी मैदानमा उएिका छन् । सदरमुकाम चरिकोटसहित मुख्यमुख्य बजार क्षेत्रमा दुवै प्यानलका व्यवसायी आफ्नो पक्षमा मत दिन अनुरोध गर्दै तामझाका साथ भोट मागिरहेका छन् ।

यसअघि प्रगतिशील समूहको तर्फबाट अध्यक्षमा निर्वाचित सुन्दर कार्कीले प्रजातान्त्रिक पक्षधरका रामेश्वर मानन्धरलाई एक भोटले पराजित गरेको थिए । यद्यपि, उनले प्रतिवद्धताअनुसार काम गर्न नसकेको आरोप लागेको छ । निर्वाचनमा एक मतले पराजित भएपछि उनका कार्कीका प्रतिद्वन्द्वी रामेश्वर मानन्धर पुनः मतगणनाको माग राख्दै अदालतसम्म पुगे । यसका कारण संघको सम्पूर्ण गतिविधि ठप्पजस्तै बन्न पुग्यो ।

यस्तै, कार्की अध्यक्षमा निर्वाचित भए पनि अधिकांश पदाधिकारी तथा सदस्य मानन्धर प्यानलबाट निर्वाचित भएकाले समितिमा कार्की अल्पमतमा परेका थिए । यस्तो प्रतिकूल अवस्थामा पनि आफूले उद्योगी व्यवसायीको हकहितका लागि काम गरेको कार्कीको दाबी छ।

प्रजातान्त्रिक समूहबाट अध्यक्षका प्रत्यासी बनेका श्रेष्ठ संघको वर्तमान महासचिव हुन् । श्रेष्ठ अघिल्लो निर्वाचनमा मानन्धरको प्यानलबाट लोकप्रिय मतका साथ निर्वाचित भएका थिए । उनले आफु अध्यक्षमा निर्वाचित भए दोलखाली व्यवसायीको हकहितमा काम गर्ने उनको प्रतिवद्धता छ ।

संघीयता कार्यान्वयसँगै जिरी नगरपालिका बनेपछि यसअघि दोलखा उद्योग वाणीज्य संघको शाखामा आवद्ध रहेका जिरीका व्यवसायीहरु यसपटक दोलखा उद्योग बाणिज्य संघमा समावेश छैनन् । छुट्टै जिरी उद्योग वाणिज्य संघ गठन भएसँगै जिरीका व्यसायीहरु दोलखा उद्योग वाणिज्य संघबाट बाहिरिएका हुन् । यसअघिका निर्वाचनामा निर्णयक मानिने जिरीका व्यवसायीहरु सहभागी नहुने भएपछि संघको भावी नेतृत्वको कसको हातामा जाने भन्ने आँकलन गर्न गाह्रो भएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: