मेसिन मर्मत नहुँदा मर्कामा सिकलसेलका बिरामी « Nagarik Khabar

मेसिन मर्मत नहुँदा मर्कामा सिकलसेलका बिरामी



नेपालगन्ज । भेरी प्रादेशिक अस्पतालमा तीन महिनाअघि बिग्रएको सिकलसेल एनिमिया रोग जाँच गर्ने मेसिन मर्मत नहुँदा बिरामीहरु मर्कामा परेका छन् । सिकलसेल एनिमिया रोग जाँग गर्ने एचबी इलोक्ट्रोफोरेसिस मेसिन मर्मत नहुँदा बिरामीहरु स्वास्थ्य जाँचबाट बञ्चित बनेका हुन् ।

अस्पतालका सूचना अधिकारी डा. संकेतकुमार रिसालका अनुसार गत फागुनदेखि सिकलसेल एनिमिया रोग जाँच गर्ने मेसिन बिग्रिएको हो । मेसिन बिग्रिए पनि दक्ष जनशक्ति अभावले मर्मत नभएको उनको भनाइ छ ।

अस्पतालमा जाँच सेवा मेसिन मर्मत वा नयाँ मेसिन खरिद भएपछि मात्र हुने डा. रिसालले जनाकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: