राष्ट्रिय एकताका लागि एक अर्काको सम्मान गरौं : प्रचण्ड « Nagarik Khabar

राष्ट्रिय एकताका लागि एक अर्काको सम्मान गरौं : प्रचण्ड



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको राष्ट्रिय एकतालाई सुदृढ बनाउन सबैले सबैको सम्मान गरेर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् ।

शुक्रबार काठमाडौंको बसन्तपुरमा आयोजित खड्गी समाजको एक कार्यक्रममा उनले एकले अर्कालाई सम्मान गर्ने परिपाटीबाट मात्रै मुलुकको राष्ट्रिय एकतालाई मजबुत बनाउन सकिने तर्क गरे । अध्यक्ष प्रचण्डले भने, ‘एउटा जाति, एउटा भाषाले अरु जाति र भाषालाई अपमान गर्ने, विभेद तथा अन्याय गर्ने थितिको अन्त्य गरेर सबैले सबैको अस्तित्व स्वीकार गर्दा मात्रै सिंगो राष्ट्रको राष्ट्रिय एकता मजदुत हुन्छ।’

उनले सबैले आ–आफ्नो भाषा, संस्कृति र परम्पराको जर्गेना गर्ने र त्यसका राम्रा पक्षहरुलाई अघि बढाउँदा सबै समुदायको उत्थान हुने बताए । सबै भाषा र संस्कृतिको सम्मानका लागि गरिएका संघर्षहरुमा खड्गी समाजले पु¥याएको योगदानको पनि चर्चा गरे ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: