नेकपाको पोलिटब्यूरोमा सहमति !(सूचीसहित) « Nagarik Khabar

नेकपाको पोलिटब्यूरोमा सहमति !(सूचीसहित)



काठमाडौं । प्रमुख सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पोलिटब्यूरो सदस्यको नाम टुंगो लगाएको छ । १ सय ४७ सदस्यीय पोलिटब्यूरोको भागबण्डाका आधारमा टुंगो लगाइएको हो । तर दुई अध्यक्षले अन्तिम समयसम्म नाम हेरफेर गर्न सक्ने भएकाले नामावली भने सार्वजनिक गरिएको छैन । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तिम छलफल गरेपछि मात्र नाम टुंगो लाग्ने भएको छ ।

पोलिटब्यूरो सदस्यको नाम लगभग टुंगो लागे पनि जनवर्गीय संगठनको भागबण्डा भने अझै हुन सकेको छैन । प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली स्वदेश फर्किएपछि सबै विषय टुंगो लाग्ने छ । ओली अहिले कम्बोडिया र भियतनामको भ्रमणमा छन् । ओली जेठ १ गते आएपछि २ गते बैठक बसेर एकताका बाँकी काम टुंगो लगाउने दुई अध्यक्षबीच सहमति भएको छ ।

दुई अध्यक्षसँगको छलफलमा सहभागी एक नेताले प्रदेश पदाधिकारीलाई पोलिटब्यूरोमा नराख्ने सहमति भैसकेको छ । नयाँ मापदण्डले नेता व्यवस्थापनमा दुई अध्यक्षलाई सजिलो भएको छ । दुई अध्यक्षबीचको सहमतिअनुसार महासचिव विष्णु पौडेलले अहिले कार्यविभाजनको प्रस्ताव तयार पारिरहेका छन् । नेपाल कम्युनिष्ट पार्टीको ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटिका सबैलाई जिम्मेवारी दिनेगरी कार्यविभाजनको तयारी छ । भागबण्डा भने पहिलेकै मापदण्डअनुसार गरिनेछ ।

१ सय ४७ सदस्यीय पोलिटब्यूरोमा पूर्वएमालेबाट पहिलेका पोलिटब्यूरो सदस्य ५९ र पूर्वमाओवादी केन्द्रको तर्फबाट हालका सचिवालय सदस्यसम्मका स्वतः पोलिटब्यूरोमा परेका छन् । पूर्वएमालेबाट ८३ र पूर्वमाओवादीबाट ६४ जनाले पोलिटब्यूरोमा स्थान पाउने सम्भावना छ । नाम पहिल्यै सार्वजनिक गर्दा व्यवस्थापनमा समस्या देखिने भएकाले दुई अध्यक्षले जेठ २ गते बस्ने पार्टी बैठकमा पोलिटब्यूरो सदस्यको नाम औपचारिक टुंगो लगाउने छन् । पार्टी एकताबाट आएकालाई नाम थप्नुपर्ने अवस्थामा दुई/चार जनाको नाम थपिनसक्ने सम्भावना समेत रहेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले पार्टी एकता अन्तिम चरणमा पुगेको जानकारी दिएका छन् । नागरिकखबरसँग कुराकानी गर्दै उनले भने ‘हामी पार्टी एकताको गृहकार्यमै छौं । लगभग कुराहरु मिलिसकेका छन् । तर अन्तिम रुप भने अध्यक्ष फर्किएपछि लाग्छ । मापदण्ड र संख्या तलमाथि हुनसक्छ । नमिलेको खासै केही छैन् ।’ जेठ ३ गते औपचारिक कार्यक्रम गरेर पार्टी एकताका सबै काम टुंगो लगाउने तयारी पार्टीको छ । तर प्रचण्डको सचिवालयले भने व्यक्तिका विषयमा कुनै निर्णय भैनसकेको जनाएको छ ।

पूर्वएमालेबाट पोलिटब्यूरोमा पर्नेको नामावली

१ केपी शर्मा ओली
२ माधवकुमार नेपाल
३ झलनाथ खनाल
४ वामदेव गौतम
५ ईश्वर पोख्रेल
६ विष्णु पौडेल
७ सुवास नेम्वाङ
८ युवराज ज्ञवाली
९ अष्टलक्ष्मी शाक्य
१० भीम रावल
११ घनश्याम भुसाल
१२ प्रदीप ज्ञवाली
१३ पृथ्वीसुब्बा गुरुङ
१४ गोकर्ण विष्ट
१५ योगेश भट्टराई
१६ मुकुन्द न्यौपाने
१७ शंकर पोख्रेल
१८ सुरेन्द्र पाण्डे
१९ किरण गुरुङ
२० छविलाल विश्वकर्मा
२१ सत्यनारायण मण्डल
२२ रघुवीर महासेठ
२३ रघुजी पन्त
२४ बेलुराम भुषाल
२५ विष्णु रिमाल
२६ अमृतकुमार बोहरा
२७ केशव बडाल
२८ डा.पुष्प कँडेल
२९ प्रदीप नेपाल
३० शेरधन राई
३१ काशिनाथ अधिकारी
३२ राजेन्द्र पाण्डे
३३ गंगालाल तुलाधर
३४ नागेन्द्र चौधरी
३५ प्रकाश ज्वाला
३६ परशुराम मेघी
३७ सोमनाथ प्यासी
३८ अरुण नेपाल
३९ पशुपति चौलागाई
४० विन्दा पाण्डे
४१ भानुभक्त ढकाल
४२ महेन्द्रबहादुर पाण्डे
४३ यमलाल कँडेल
४४ राधा ज्ञवाली
४५ रामप्रित पासवान
४६ लालबाबु पण्डित
४७ डा. बिजय पौडेल
४८ श्रीमाया थकाली
४९ कर्णबहादुर थापा
५० गोकुल घर्तीमगर
५१ गोरखबहादुर बोगटी
५२ गौरा कोइराला
५३ जगतबहादुर विश्वकर्मा
५४ जगन्नाथ खतिवडा
५५ तुलबहादुर गुरुङ
५६ दलबहादुर राना
५७ वंशीधर मिश्र
५८ भागवत विश्वासी
५९ युवराज कार्की
६० योगनारायण यादव
६१ सत्रुधन महतो
६२ घनेन्द्र बस्नेत
६३ केदार न्यौपाने
६४ कृष्णगोपाल श्रेष्ठ
६५ खगराज अधिकारी
६६ धर्मनाथ साह
६७ देवराज घिमिरे
६८ नरेश खरेल
६९ गुरु बराल
७० शेरबहादुर तामाङ
७१ डा. राजन भट्टराई
७२ सोमप्रसाद पाण्डे
७३ गोमा देवकोटा
७४ ठाकुर गैरे
७५ जयन्ती राई
७६ सुशीला नेपाल
७७ चूणामणि जंगली
७८ रामचन्द्र यादव
७९ केशवलाल श्रेष्ठ
८० विजय सुब्बा
८१ भानुभक्त जोशी
८२ श्रीप्रसाद साह
८३ राजेन्द्र राई

पूर्वमाओवादीबाट पोलिटब्यूरो सदस्य

१ पुष्पकमल दाहाल ‘प्रचण्ड’
२ नारायणकाजी श्रेष्ठ ‘प्रकाश’
३ रामबहादुर थापा ‘बादल’
४ अमिक शेरचन
५ टोपबहादुर रायमाझी
६ वर्षमान पुन ‘अनन्त’
७ गिरिराजमणि पोख्रेल
८ जनार्दन शर्मा ‘प्रभाकर’
९ देव गुरुङ
१० गणेश साह
११ पम्फा भुषाल
१२ लीलामणि पोख्रेल
१३ मातृका यादव
१४ अग्नि सापकोटा
१५ ओनशरी घर्तीमगर
१६ लेखराज भट्ट
१७ शक्तिबहादुर बस्नेत
१८ देवेन्द्र पौडेल
१९ हरिबोल गजुरेल
२० राम कार्की
२१ हितमान शाक्य
२२ चक्रपाणि खनाल
२३ मणि थापा
२४ जयपुरी घर्ती
२५ नारायण शर्मा
२६ कुलप्रसाद केसी ‘सोनाम’
२७ दीनानाथ शर्मा
२८ तिलक परियार
२९ हितराज पाण्डे
३० विश्वनाथ साह
३१ डिलाराम आचार्य
३२ उर्मिला अर्याल
३३ प्रभु साह
३४ रामचन्द्र झा
३५ पासाङ शेर्पा
३६ परशुराम तामाङ
३७ हितबहादुर तामाङ
३८ कमला रोक्का
३९ झक्कु सुवेदी
४० जगप्रसाद शर्मा
४१ सूर्य सुवेदी पथिक
४२ महेश्वर दाहाल
४३ अमृता थापा
४४ सुरेश आलेमगर
४५ रामेश्वर राय यादव
४६ महेश्वर गहतराज ‘अथक’
४७ अञ्जना विशंखे
४८ कृष्णध्वज खड्का
४९ शिवकुमार मण्डल
५० गणेशमान पुन ‘रश्मी’
५१ कालिबहादुर मल्ल
५२ जोखबहादुर महरा
५३ रामदीप आचार्य
५४ टंक आङ्बुहाङ
५५ सुरेश राई
५६ टंक राई
५७ कमल चौलागाइ
५८ हरिराज अधिकारी

(बाँकी आकांक्षी धेरै भएकाले टुंगो लगाउन समस्या)

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: