नेपालमा कफी पर्यटनको सम्भावना (भिडियोसहित) « Nagarik Khabar

नेपालमा कफी पर्यटनको सम्भावना (भिडियोसहित)



काठमाडौं । अनुसन्धानकर्ताहरुले नेपालमा कफी पर्यटनको सम्भावना रहेको औंल्याएका छन् । कफीसँग सम्बन्धित ‘हाम्रो कफी’ नामक प्रोजेक्टले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अनुसन्धानकर्ता विद्यानाथ भुर्तेलले नेपालमा कफी पर्यटनको ठूलो सम्भावना रहेको पाइएको बताए ।

उनले नुवाकोट र कास्कीको विभिन्न स्थानमा गरिएको कफी खेतीको स्थलगत अवलोकनबाट नेपालमा कफी पर्यटनको ठूलो सम्भावना रहेको निष्कर्ष निकालिएको प्रष्ट्याए ।

नेपालको आन्तरिक तथा बाह्य पर्यटकहरुलाई नुवाकोट र कास्कीमा रहेका कफी खेतीहरुको अवलोकन गराएपछि उनीहरुले नेपालमा कफी पर्यटनको धेरै सम्भावना रहेकोे बताएका थिए । अनुसन्धानको क्रममा नेपालले कफी खेतीको प्रवद्र्धन गरेर ठूलो आर्थिक लाभ लिन सक्ने सम्भावना रहेको पनि पाइएको अनुसन्धानकर्ता भुर्तेलले बताए ।

अनुसन्धानकर्ताहरुका अनुसार नेपालको कफीलाई विश्वकै ताजा र गुणस्तरीय कफीको रुपमा लिइन्छ । यसलाई पर्यटन प्रवद्र्धनमा पनि परिचालन गर्न सकिने उनीहरुको बुझाइ छ ।

कफी किसान, बाह्य पर्यटक र आन्तरिक पर्यटकहरुले नेपालमा कफी खेती विस्तार गर्न पनि यसलाई पर्यटनसँग जोडेर अघि बढन उपयुक्त हुने सुझाव दिएको पनि अनुसन्धानकर्ताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: