नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ पाँचौ महाधिवेन सम्पन्न, सभापतिमा पुनः जबरा निर्वाचित « Nagarik Khabar

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ पाँचौ महाधिवेन सम्पन्न, सभापतिमा पुनः जबरा निर्वाचित



काठमाडौं । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ केन्द्रीय सञ्चालक समितिको पाँचौ महाधिवेशन आज (शुक्रबार) काठमाडौंमा सम्पन्न भएको छ ।

जंगी अड्डास्थित श्री त्रिभुवन आर्मी अफिसर्स क्लबको सभामण्डप हलमा मिति हिजोदेखि सञ्चालन भएको उक्त महाधिवेशनको कार्यवाहाक प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले उद्घाटन गर्नुभएको थियो ।

महाधिवेशनलाई सम्बोधन गर्दै कार्यवाहाक प्रधानमन्त्री पोखरेलले महाधिवेशनका आयोजकहरुलाई निमन्त्रणाको लागि हार्दिक धन्यवाद व्यक्त गर्नुभएको थियो । सोही क्रममा उहाँले यस महाधिवेशनबाट नेतृत्व चयन गर्दा विगतमा भू.पू.सैनिकहरुको समस्याहरुको समिक्षा गर्नुपर्ने र यसको जगमा रही योजना बनाउँदा फलदायी हुने कुरा बताउनुभएको थियो । सम्बोधनको क्रममा उहाँले विश्वसामु वीर गोरखालीको रुपमा परिचय प्राप्त गर्न वीर सैनिकहरुले पुर्‍याएको योगदान र बलिदानबाट सम्भव रहेको हुँदा यसले सिङ्गो देशको प्रतिष्ठा बढाउनुका साथै देशको लागि अपरिहार्य रहेको भूतपूर्व सैनिक जनशक्तिले समाजको विकासमा समेत महत्वपूर्ण भूमिका निभाई नेपाल सरकारको लक्ष्य ुुसमृद्ध नेपाल सुखी नेपालीुु मा प्रत्यक्ष रुपमा टेवा पुर्‍याउन रक्षा मन्त्रालय, बहालवाला तथा भूतपूर्व सैनिकहरुको सहकार्यमा सम्भव हुने कुरा बताउनुभएको थियो ।

कार्यक्रमको क्रममा बलाधिकृत रथी शरद कुमार गिरीले नेपाली सेनाको तर्फबाट शुभकामना दिँदै नेपाली सेनाका संस्थागत मुल्य मान्यताहरु, रितीरिवाज र पेशागत संस्कारलाई अवकाश पश्चात पनि जीवन्त राख्न यहाँहरुले खेल्दै आउनुभएको भूमिका महत्वपूर्ण रहेको र भविष्यमा पनि रहिरहनेमा विश्वस्त रहेको बताउनुभयो ।

कार्यक्रममा स्वागत मन्तब्य राख्नु हुँदै सञ्चालक समितिका केन्द्रीय सभापति सहायक रथी दिगम्वर शम्शेर जवरा (अ.प्रा.) ले नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ नेपाली सेनाबाट अवकाश प्राप्त भूतपूर्व सैनिकहरुलगायत परिवारहरुको कल्याण र परिआएको समयमा देश र जनताको रक्षा गर्ने मुलभूत लक्ष्यसहित २०११ सालमा राज्य र सेनाप्रति पूर्ण आस्था र निष्ठासहित एक विशुद्ध सामाजिक संस्थाको रुपमा स्थापना भएको बताउनुभएको थियो ।

महाधिवेशनबाट नेपाल सरकारको संघिय संरचना अनुसार ७७ वटा जिल्लामध्ये हाल ६० जिल्लामा छरिएर रहेका भूतपूर्व सैनिकहरुको संगठनबाट केन्द्रिय सभापतिमा पूर्व केन्द्रिय सभापति सहायक रथी दिगम्वर शम्शेर जवरा (अ.प्रा) पुनः निर्वाचित भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: