तेह्रौँ सागको तयारीमा सरकार जुटिसक्यो – मन्त्री विश्वकर्मा « Nagarik Khabar

तेह्रौँ सागको तयारीमा सरकार जुटिसक्यो – मन्त्री विश्वकर्मा



काठमाडौं । युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार विश्वकर्माले १३औँ दक्षिण एसियाली खेलकुद (साग) को तयारीमा सरकार जुटिरहेको बताएका छन् । रिपोटर्स क्लबको साक्षात्कारमा मन्त्री विश्वकर्माले आगामी मङ्सिर १५ देखि २४ गतेसम्म हुने प्रतियोगिता भव्यरुपमा सम्पन्न गर्ने गरी सरकार तयारीमा जुटिरहेको बताए । सागको मिति अब नसर्ने पनि उनले बताए ।

सरकारको आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रममा पनि सन् २०१९ भित्रै अन्तर्राष्ट्रिय महत्वको १३औँ साग प्रतियोगिता आयोजना गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधनका क्रममा उल्लेख गरेको बताउँदै मन्त्री विश्वकर्माले बिहीबार मात्रै उक्त प्रतियोगिता तयारी तथा व्यवस्थापन समिति गठन गरिएको जानकारी दिए ।

मन्त्री विश्वकर्माले सीमित स्रोत र साधनको बाबजुद पनि नेपालले खेलकुद क्षेत्रमा प्रगति गरिरहेको बताए । ‘दक्षिण एसियाली खेलकुदमा हाम्रो उत्साहजनक र गौरव गर्नसक्ने इतिहास छ । अझै गौरव गर्न लायकको अवस्था बनिरहेको छ’, मन्त्री विश्वकर्माले भने, ‘१३ औँ साग प्रतियोगितामा नेपालले आफ्नो इतिहासलाई रक्षा गर्ने छ भन्ने विश्वास लिएको छु ।’

उनले साग खेलकुदलाई लक्षित गरेर पूर्वाधार निर्माणको काम समेत तीव्र गतिमा भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: