अध्यक्ष देवता होइन, खराब भन्न पाउनु पर्छ (भिडियो कुराकानी) « Nagarik Khabar

अध्यक्ष देवता होइन, खराब भन्न पाउनु पर्छ (भिडियो कुराकानी)



काठमाडौँ । समाजवादी पार्टी नेपालका नेता देवेन्द्र पराजुलीले आफूहरूले पार्टीलाई गलतबाटोमा जान रोक्ने हिसाबले बहस थालेको बताएका छन् । नागरिक खबरसँगको कुराकानीका क्रममा पराजुलीले देशमा असल राजनीतिको खडेरी लागेको बताए । उनले सबैदलमा असन्तुष्टि रहेकाले आफ्नो दलभित्र पनि आफूहरूको असहमति रहनु स्वाभाविक भएको दाबी गरे ।
नेताहरूलाई विश्वास गरेर आफूहरूले गल्ती गरेको भन्दै पराजुलीले आफ्नो पार्टीलाई पनि आरोप लागेको बताएका छन् । आफूहरूले उठाएका एजेण्डामा नेतृत्व सकरामत्मक भएकाले सम्बोधन हुनेमा उनले विश्वास व्यक्त गरे । उनले नेतृत्व कुनै पनि देवता नभएको बताए ।

सङ्घीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच यही वैशाख २३ गते पार्टी एकता भएपछि नेता पराजुली सहितका केही पूर्व नयाँ शक्तिका नेताले नेतृत्व प्रति असन्तुष्टि जनाएका छन् । उनीहरूले सामूहिक रूपमा पार्टीका एक अध्यक्ष डा बाबुराम भट्टराईलाई ध्यानाकर्षण पत्र समेत बुझाएका छन् । नागरिकखबर डटकमले असन्तुष्ट नेता पराजुलीसँग कुराकानी गरेको छ ।
हेर्नुस् भिडियो

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: