भारतमा छैटौं चरणको निर्वाचन : मौन अवधि सुरु « Nagarik Khabar

भारतमा छैटौं चरणको निर्वाचन : मौन अवधि सुरु



भारतमा भइरहेको लोकसभा निर्वाचनअन्तर्गत छैटौं चरणको निर्वाचनका लागि शुक्रबारदेखि प्रचारप्रसार गर्न नपाइने गरी मौन अवधि सुरु भएको छ ।

छैटौं चरणको निर्वाचन मे १२ आइतबार हुने तय भएको छ । यस चरणमा ५९ ओटा निर्वाचन क्षेत्रमा मतदान हुने निर्वाचन आयोगले जनाएको छ ।

आइतबार हुने निर्वाचनबाट संघीय मन्त्री मेनका गान्धी, समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादव, काँग्रेस नेता दिग्विजय सिंह र भारतीय जनता पार्टी ९भाजपा०का प्राज्ञ सिंह ठाकुरसहित ९६८ जनाको राजनीतिक फैसला हुने भएको छ ।

यस चरणमा उत्तर प्रदेशका १४, हरियानाका दश, मध्य प्रदेश, विहार र पश्चिम बंगालका आठ आठ, नयाँ दिल्लीका सात र झारखण्डका चार निर्वाचन क्षेत्रमा मतदान हुन लागेको हो ।

यसअघिको लोकसभा निर्वाचनमा यी ५९ सिट मध्ये भारतीय जनता पार्टीले ४४ ठाउँमा जित हासिल गरेको थियो ।

भारतमा गत अप्रिल ११ देखि यस पटकको लोकसभा निर्वाचन भइरहेको छ । सात चरणमा हुने केन्द्रीय निर्वाचनको अन्तिम चरण यही मे १९ मा सम्पन्न हुनेछ । यसअघि अप्रिल १८ मा दोस्रो चरणको, अप्रिल २३ मा तेस्रो चरणको, अप्रिल २९ मा चौथो चरणको र यही मे ६ तारिखका दिन पाँचौँ चरणको निर्वाचन भएको छ ।

सम्पूर्ण निर्वाचनको परिणाम यही मे २३ देखि सार्वजनिक हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: