चेन्नाईविरुद्वको क्वालिफायर खेलमा पनि टोलीमा परेनन् सन्दीप « Nagarik Khabar

चेन्नाईविरुद्वको क्वालिफायर खेलमा पनि टोलीमा परेनन् सन्दीप



काठमाडौं । नेपाली युवा स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत चेन्नाई सुपर किङ्सविरुद्वको क्वालिफायर खेलमा पनि दिल्लीको टोलीमा परेनन् ।

चेन्नाईविरुद्व दिल्लीले अघिल्लो खेलकै खेलाडीलाई निरन्तर्ता दिएको छ । सन्दीप पछिल्लो चार खेलमा दिल्लीको प्लेइङ ११ मा पर्न असफल भएका छन् । सन्दीपले पछिल्लो पटक गत अप्रिल २८ तारिखमा रोयल च्यालेञ्जर्स बेङ्लोरविरुद्व खेलेका थिए ।

सो खेलमा महङ्गो सावित भएका उनलाई त्यसयता दिल्लीले बेञ्चमै राखेको छ । सन्दीप दिल्लीले चेन्नाई सुपर किङ्स र राजस्थान रोयल्सविरुद्व खेलेको समूहगत चरणको आफ्नो अन्तिम दुई खेल र सनराइजर्स हैदरावादविरुद्वको इलिमिनेटरमा पनि प्लेइङ ११ मा थिएनन् ।

पहिलो पटक फाइनल पुग्ने उदेश्यसहित विशखापट्नममा क्वालिफायर खेल खेलिरहेको दिल्लीले चेन्नाईविरुद्व टस हारेको छ र अहिले ब्याटिङ गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: