देशभर इन्टरनेट र टिभी सेवा बन्द गर्ने चेतावनी « Nagarik Khabar

देशभर इन्टरनेट र टिभी सेवा बन्द गर्ने चेतावनी



काठमाडौं । इन्टरनेट तथा टिभी सेवा प्रदायक संघ, संस्थाहरुले सेवा बन्द गर्ने चेतावनी दिएको छ ।

इन्टरनेट र केबल टिभी प्रदायक संस्थाहरुले उपभोग गर्दै आएको पोलको रेट नेपाल विद्युत प्राधिकरणले बढाएपछि आक्रोशित भएका उनीहरुले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफ्ना सेवाहरु बन्द गर्नुपर्ने अवस्था आएको बताएका छन् । ५० रुपैयाँ तिर्दै आएको पोलको भाडा १४ हजार रुपैयाँभन्दा बढी पु¥याएपछि आफ्ना सबै सेवाहरु बन्द गर्ने अवस्था आएको इन्टरनेट तथा टीभी सेवा प्रदायक समन्वय समितिका संयोजक दिनेश सुवेदीको भनाइ छ ।

नेपाल विद्युत प्राधिकरणले वृद्धि गरेको महशुल निकै चर्को भएको र आफूहरुले तिर्न नसक्ने अवस्था आएको उनीहरुको दाबी छ । प्राधिकरणकै कारण टिभी तथा इन्टरनेट सेवा बन्द गर्ने अवस्था आएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

नेपाल विद्युत प्राधिकरणले एकलौटी भाडा वृद्धि गरेको र त्यसलाई पुनरावलोकन गर्न प्रधानमन्त्री, अर्थमन्त्री र उर्जामन्त्रीलाई ज्ञापन पत्र बुझाउँदा पनि वेवास्ता गरिएको इन्टरनेट तथा केवल टीभी संचालनहरुको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: