समृद्ध सिन्धुलीले असोज १५ गते सिन्धुलीगढी बिजय दिवस मनाउने « Nagarik Khabar

समृद्ध सिन्धुलीले असोज १५ गते सिन्धुलीगढी बिजय दिवस मनाउने



काठमाडौं । समृद्ध सिन्धुली अभियानले सिन्धुलीगढीमा अंग्रेजलाई परास्त गरेको दिनको सम्झनामा मनाइने विजयोत्सव असोज १५ गते गर्ने भएको छ । अंग्रेजमाथि गोरखाली सेनाले विजयप्राप्त गरेको दिन भनेर यसअघि हरेक बर्ष कात्तिक २४ गते विजयोत्सव मनाइँदै आएको थियो । इतिहासकारहरुसँगको छलफलपछि अभियानले अंग्रेजलाई परास्त गरेको दिन असोज १५ प्रमाणित भएकाले त्यही दिन बिजयोत्सव मनाउन लागिएको अभियन्ता सौरभ ढकालले बताउनु भयो ।
 
इतिहासकार प्रा.दिनेशराज पन्तले भारतमा शासन गरिरहेको तत्कालीन इष्टइन्डिया कम्पनी (ब्रिटिस सेना) लाई सिन्धुलीगढीमा असोज १५ गते परास्त गरेको प्रामाणिक इतिहास रहेको बताउनु भयो । कात्तिक २४ गते विजयोत्सव मनाउनु इतिहासलाई बंग्याउनु हो, उहाँले भन्नुभयो, “कामगर्दा मानवीय त्रुटि हुनसक्छ । त्यसलाई नसच्चिनु कमजोरी हुन्छ । अबको बिजयोत्सव असोज १५ मा नै मनाउनुपर्छ ।”
 
समृद्ध सिन्धुली अभियानका अभियन्ता दिपक श्रेष्ठले मितिमा प्रष्टता नभएका बेला  स्थानीय स्तरमा कात्तिक २४ गते विजयोत्सव मनाउन थालिएको बताउँदै अव सच्याउदै जाने बताउनु भयो । हामीले बिजय दिवस असोज १५ मा नै मान्ने निर्णय गरेका छौ, उहाँले भन्नुभयो । 
 
यसै बिच समृद्ध सिन्धुली अभियानले पर्यटन बोर्डसँग मिलेर गरेको साताब्यापी तस्बिर प्रदर्शनी फोटो सिन्धुली समापन भएको छ । नेपाल पर्यटन बोर्डको ‘फोटो नेपाल’ शृङ्खला अन्तर्गत आयोजित ‘फोटो सिन्धुली’ प्रदर्शनीको अन्तिम दिनमा ‘भविष्यमा सिन्धुली’ विषयक छलफल चलाइएको थियो । 
 
सामाजिक उद्यमी अनिल चित्रकारले हरेक ठाउँ सधै पछि नपर्ने बताउँदै ती ठाउँमा निहित वास्तविक कथाको पहिचान गरि त्यसको प्रचार(प्रसार गर्न सक्दा लुम्बिनी ,कर्णाली ,पाटन, बन्दीपुर लगाएतका  ठाउँहरु मात्र विकासित हुदैँ गहिरहेको उल्लेख गर्नुभयो । सिन्धुलीको विकास गर्न सबैको भूमिका रहने उनले बताउनु भयो । 
 
 
कार्यक्रममा डा. रेवतीमान श्रेष्ठले समृद्ध सिन्धुली बनाउनुपर्छ भन्ने काम आफैंंले सुरु गरेको सम्झना गर्दै  समृद्ध सिन्धुली अभियानमार्फत् उक्त कार्यको निरन्तरता हुदाँ समृद्धिको फड्को चाँडो हुने उल्लेख गर्नु भयो ।  
 
कार्यक्रममा समाजसेवी गोबिन्द गजुरेलले युवाहरुको जोसमा पाकाका होस र अनुभबहरु मिस्रित गर्न सक्दा अधिकतम् उपलब्धि हासिल गर्न सकिने बताउनुभयो । उक्त कार्यक्रममा सिन्धुलीका विभिन्न स्थलका फोटो उपलब्ध गराउनुहुने सम्पूर्ण फोटोग्राफरहरु र स्वयंसेवकहरुलाई प्रमाणपत्रसहित धन्यवाद दिइएको  थियो।
 
फोटो सिन्धुली घुम्ती प्रदर्शनी
 
काठमाडौको प्रदशनी लगतै जेष्ठको तेस्रो साताबाट फोटो सिन्धुलीको धुम्ति प्रदर्शनी शुरु गरिने छ । हरीहरपूर गढी गाउपालीका र मरिन गाउपालिकाबाट यसको शुरुवात गरिने फोटो सिन्धुलीका संयोजक दिपक श्रेष्ठले बताउनु भएको छ । 
 
प्रदर्शनीमा गणेश भण्डारी, सौरभ ढकाल, दीपक श्रेष्ठ, अङ्गद ढकाल, किरण श्रेष्ठ, ताराप्रकाश श्रेष्ठ, राज श्रेष्ठलगायतले खिच्नुभएको आदिलिंग कुशेश्वर महादेव, सिन्धुलीगढी, सिन्धुलीगढी दरवार, हरिहरपुरगढी, मरिणको पञ्चकन्या पोखरी, घुमाउने चैनपुरको मालेपाटी, पदयात्रा, जलयात्रा, साइकलयात्रा, जनजीवनका ३५ भन्दा बढी  तस्वीर राखिने छ । 
 
राइड थ्रू सिन्धुलीगढी २०१९ 
यसै गरी अभियानले यस बर्ष गर्ने राइड थ्रु सिन्धुलीगढी साइकल यात्रा नोभेम्बर २२ देखि २५ सम्म ४ दिन गर्ने भएको छ ।  पशुपतिनाथ परिसरबाट सुरु भएर मधेशको सांस्कृतिक सहर जनकपुरधामसम्म विस्तार गरिने भएको छ ।
 
साइकल यात्राको स्टोरी साइकल, सानो पाइला, फ्याक्ट्स नेपाल, सिन्धुलीय श्रेष्ठ समाजलगायतका संस्था सहआयोजक छन् । साइकल यात्रालाई पर्यटन बोर्डले प्रबर्धनमा सघाउने छ । यस बर्ष साइकल यात्रामा २ सय जना यात्रीलाई सहभागी गराउने आयोजकले लक्ष लिएको छ । यात्र क्रममा सिन्धुलीको मुलकोट, सिन्धुलीमाढी र जनकपुरधाममा महोत्सवसमेत हुने छ । काठमाडौंबाट पहिलो दिन हिँडेका साइकल यात्री सुनकोशी गाउँपालिकाको मुलकोटमा बास बस्नेछन् । त्यहाँबाट अर्को दिन सिन्धुलीगढीमा बास बसेर यात्री जनकपुर पुग्ने छन् ।
 
जनकपुरमा जानकाी मन्दिर दर्शन गराएर साइकल यात्रीलाई बसमा काठमाडौं फर्काइने छ । यसअघि ‘राइड टु सिन्धुलीगढी’ भनेर गरिँदै आएको साइकल यात्रालाई जनकपुरसम्म विस्तार गरिएकाले राइड थ्रु सिन्धुलीगढी नाममा ब्रान्डिङ गरेर विश्वभरका साइकल यात्रीलाई यात्रामा सहभागी गराउने योजना रहेको साइकल यात्राका संयोजक दीपिका ज्ञवालीले बताउनु भएको छ । 
 
एकिकरण पदमार्ग 
 
नेपाल एकिकरणका क्रममा गोर्खाली सेनाले यात्रा गरेका स्थलहरुलाई पर्यटकीय पदमार्गले जोड्ने भएको छ । अभियानले काभ्रेको नमोबुद्धबाट ऐतिहासिक सिन्धुलीगढीहुँदै सिन्धुलीकै फिक्कलसम्म र अर्को ऐतिहासिक स्थल हरिहरपुरगढी र सिन्धुलीगढीलाई पदमार्गले जोड्न लागेकको बताएको छ । 
 
अभियानले गत बर्ष नमोबुद्धदेखि सिन्धुलीगढीहुँदै फिक्कलसम्मको पदमार्ग अध्ययन गरेको थियो । यस बर्ष हरिहरपुरगढीदेखि सिन्धुलीगढीसम्म अध्ययन गरिएको र पदमार्ग निर्माणको कामसमेत थालेको छ । हरिहरपुरगढीको घण्टेबाट दैनिक ५० जना स्थानीय कामदारले पैदलमार्ग निर्माणको काम गरिरेहेका छन् । उक्त टोलीलाई सघाउन नेपाली सेनाको सिन्धुलीस्थित बर्दबहादुर गणबाटसमेत एउटा टुकडी खटिएको अभियानका संयोजक तथा पदमार्ग निर्माण समितीका अध्यक्ष लीलानाथ घिमिरेले जानकारी दिनुभएको छ  ।
 
हरिहरपुरगढीदेखि सिन्धुलीगढीसम्मको मुख्य पदमार्ग, सहायक मार्ग, चक्रीय मार्ग, घरबास (होमस्टे) गर्ने ठाउँ, खाना खाने ठाउँ, हेर्न लागयकका स्थलहरु, जातजाति, तिनका संस्कृति, मेलापर्व, ऐतिहासिक स्थलहरुको अध्ययन सकिएको र आवश्यक पूर्वाधार निर्माणमा स्थानीय सरकारहरु संग सहकार्य गरेर ८ महिनामा नै यो पदमार्ग संचालन गर्ने लक्ष लिइएको छ । अभियानले आगामी पुष २६ देखि यो पदमार्गमा यात्रा गराउन सकिने बताएको छ । 
 
नेपाल सरकारले भिजिट नेपाल २०२० लाई लक्षित गर्दै घोषणा गरेको एक सय पर्यटकीय गन्तव्यमध्ये सिन्धुलीगढी, सुनकोशीमा जलपर्यटन र महाभारत पर्वत शृङ्खलामा पदमार्ग विशेष रहेको छ । यी तिनवटै गन्तव्य सिन्धुलीमा छ, जसको विकासले सिन्धुलीले लाभ लिन सक्नेछ । पर्यटकीय गन्तव्यको विकास र प्रवद्र्धन कार्य सँगसँगै लैजानु आवश्यक छ । 
प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: