मुस्ताङमा इटालियन पर्यटकको मृत्यु « Nagarik Khabar

मुस्ताङमा इटालियन पर्यटकको मृत्यु



पोखरा । मुस्ताङमा आज बिहान एक इटालियन पर्यटकको मृत्यु भएको छ । मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ स्थित सारेबुङमा ६८ वर्षीय मार्को रोक्कुफ्रान्कुफो मोरेलियोको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

बिहीबार बिरामी भएको खबर प्राप्त भएपछि उद्धारका लागि आज बिहान ७ः४५ मिनेटमा सो स्थानमा समिट एयरको हेलिकप्टर पुगेको थियो । तर, उनको बिहानै मृत्यु भइसकेको प्रहरीले जनाएको छ । उनको शव सोही हेलिकप्टरबाट जोमसोम विमानस्थलमा ल्याइएको छ । घटनाको सम्बन्धमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

– रासस

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: