मलेसिया जाने कामदारमाथिको सिन्डिकेट ब्युँताउने प्रयास, यसो भन्छन् राजदूत « Nagarik Khabar

मलेसिया जाने कामदारमाथिको सिन्डिकेट ब्युँताउने प्रयास, यसो भन्छन् राजदूत



काठमाडौं । वैदेशिक रोजगारीमा मलेसिया जाने कामदारमाथि वर्षैदेखि भइरहेको ठगीमा संलग्न सिन्डिकेट ब्युँतायने गतिविधमा नेपालस्थित मलेसियन दूतावास नै सक्रिय भएको समाचार आजको नयाँ पत्रिकाको पहिलो पृष्ठका छापिएको छ ।

विगतमा कामदार ठगीमा संलग्न मेडिकल सिन्डिकेट कायम राख्न दूतावासका कार्यवहाक राजदूत अहमद फादिल स्माइलले कूटनीतिक मर्यादा र दुई देशबीच भएको श्रम समझदारीविपरीत नेपाल सरकारलाई दबाव दिँदै आएका हुन् ।

श्रम समझदारीअनुरुप स्वास्थ्य परीक्षण गर्ने संस्था सूचीकरणको प्रक्रियामा सरकार रहेका वेला ठगीमा संलग्न व्यवसायीलाई नै मान्याता दिएको भन्दै मलेसियन राजदूतले विभिन्न निकायमा पत्राचार गरेका छन् ।

‘हामीले मेडिकल स्क्रिनिङका लागि पहिल्यै मेडिकल सेन्टरहरु नियुक्त गरिसकेका छौं । श्रम समझदरीमा हस्ताक्षरपछि पनि सबै पक्रिया पुरानै अभ्यास अनुरुप नै हुनेछन् । त्यसमा कुनै किसिमको परिवर्तनत नहुने हुँदा स्वास्थ्य परीक्षण र सुरक्षा परीक्षणको काम यस अघिकै संस्थाहरुले गर्नेछन् । सेक्युरिटी स्क्रिनिङमा पनि यसअघि जसरी काम भइरहेको थियो, त्यसैगरी हुनेछ ।’ -अहमद फादिल स्माइल, नेपालका लागि मलेसियाका कार्यवाहक राजदूत

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: