ठूलो संख्यामा विज्ञापन गर्दै लोकसेवा « Nagarik Khabar

ठूलो संख्यामा विज्ञापन गर्दै लोकसेवा



काठमाडौं । लोकसेवा आयोगले स्थानीय तहका लागि विभिन्न पदमा ठूलो संख्यामा कर्मचारी भर्नाको विज्ञापन गर्ने तयारी थालेको छ । लामो समयदेखि अवरुद्ध हुँदै आएको प्रशासनलगायतका विभिन्न सेवा समूहका पदमा लोकसेवाले भर्नाको गृहकार्य थालेको हो ।

आयोगले जेठको दोस्रो सातासम्म विभिन्न तहमा विज्ञापन गर्ने गरी गृहकार्य अघि बढाइएको जनाएको छ । आयोगका अनुसार आगामी ६ महिनाभित्रै स्थानीय तहका विभिन्न पदमा हजारौं कर्मचारी सिफारिस नै गर्नेगरी आवश्यक गृहकार्य अघि बढाइएको हो ।

लोकसेवाले स्थानीय स्तरका तह ४ देखि ९ सम्मको पदमा विज्ञापन गर्ने तयारी गरेको समाचार आजको राजधानी दैनिकको पहिलो पृष्ठमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: