प्रवासी चढेको डुङ्गा डुब्दा ६५ को मृत्यु « Nagarik Khabar

प्रवासी चढेको डुङ्गा डुब्दा ६५ को मृत्यु



बिबिसी । भूमध्य सागरमा प्रवासी सवार डुङ्गा डुब्दा कम्तीमा पनि ६५ जनाको मृत्यु भएको छ ।

संयुक्त राष्ट्रसंघको शरणार्थी एजेन्सीका अनुसार डुङ्गा ट्युनिसिया नजिक समुद्रमा दुर्घटना भएको हो ।

दुर्घटनास्थलबाट १६ जनालाई उद्धार गरिएको संयुक्त राष्ट्रसंघको शरणार्थी एजेन्सीले जानकारी दिएको छ ।

बिहीबार लिबियाबाट छुटेको डुङ्गा समुद्रमा आएको ठूलो छालका कारण दुर्घटना भएको हो । डुङ्गामा अधिकांश अफ्रिकाका नागरिक थिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: