देशका अधिकांश स्थानमा मौसम बदली : यस्तो छ तीन दिनको मौसम « Nagarik Khabar

देशका अधिकांश स्थानमा मौसम बदली : यस्तो छ तीन दिनको मौसम



काठमाडौं । मौसम विज्ञान विभागले आज (शनिबार)देखि तीन दिनसम्म देशका अधिकांश स्थानमा हावाहुरी र चट्याङसहित वर्षा हुने जानकारी दिएको छ।

आजको मौसम

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरीसहित वर्षा हुनेछ ।

आज राति पनि देशभर आंशिक देखि सामान्य बदलि रही केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना छ ।

आईतवारको मौसम

आइतबार देशभर आंशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षा हुनेछ ।

सोमबारकको मौसम

सोमबार पनि देशभर आंशिकदेखि सामान्य बदलि रही पश्चिमका थोरै स्थानहरुमा र मध्य र पूर्वका धेरै स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: