५ बर्षसम्म बन्धक बनाएर बलात्कार : किन गरेनन् कसैले सहयोग ? « Nagarik Khabar

५ बर्षसम्म बन्धक बनाएर बलात्कार : किन गरेनन् कसैले सहयोग ?



विराटनगर । रानीकी ३६ बर्षीया महलिाको जिवनमा घटेको घटना कहालीलाग्दो छ । उनको विवाह २०७५ सालमा सर्लाहीको मलंगवामा भएको थियो ।

विवाहको दुई बर्षपछि २०५९ सालमा काखे छोरा र उनलाई छोडेर श्रीमान विदेश गए । श्रीमान विदेशमै रहेका बेला छिमेकी सुरेन्द्र महतोले घरमै आएर जबरजस्ती गरे ।

आफ्नै घरमा लगेर ५ बर्षसम्म बन्दी बनाए रराखे । बन्दी अवस्थामै उनले छोरा समेत जन्माइन् । २०६१ सालमा जन्मिएको छोरा १४ बर्षको भइसकेको छ । तर जन्मदर्तासमेत हुन सकेको छैन ।

अहिले उनलाई घर निकाला गरिएको छ । यो समाचार आजको कान्तिपुर दैनिकले पृष्ठ १३ मा छापेको छ ।

मलंगवाका धनाड्य परिवारका छोरा सुरेन्द्रले श्रीमती हुँदाहुँदै आफूलाई घरमा बन्दी बनाएर राखेको उनले बताइन् । राजनीतिक आड पाएका सुरेन्द्रसँग गाउँका मान्छे मात्रै नभई परिवार समेत डराउने गरेकाले आफूलाई कसैले सहयोग नगरेको उनले बताइन् । झुक्याएर श्रीमानसँग समेत सम्बन्धविच्छेद गराइदिएको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: