पासपोर्ट फालेर शिविरमा, काठमाडौंमा कति छन् रोहिंग्या ? « Nagarik Khabar

पासपोर्ट फालेर शिविरमा, काठमाडौंमा कति छन् रोहिंग्या ?



काठमाडौं । नेपाल आएर शरणार्थीका रूपमा बस्ने विदेशीको संख्या प्रत्येक वर्ष बढ्दै गएको समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ । नेपालमा आएपछि पासपोर्ट च्यातेर शरणार्थीका रूपमा बस्ने विदेशी बढेको अध्यागमनका अधिकारीहरू बताउँछन् ।

पछिल्लो समय म्यानमारका रोहिंग्याको संख्यासमेत नेपालमा बढ्दो छ । अहिले तीन सय ३० रोहिंग्या नेपालमा बस्दै आएको प्रहरीको तथ्यांक छ ।

म्यानमारमा राज्यबाट दमन सुरु भएपछि बंगलादेश, भारत हुँदै भागेर नेपाल आएका थिए । एक वर्षयता कपनको लसुनटार र राममन्दिरनजिक उनीहरू बस्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: