प्रधानमन्त्रीको तुइन विस्थापन गर्ने घोषणा सुन्दा खुसी भएकाहरु… « Nagarik Khabar

प्रधानमन्त्रीको तुइन विस्थापन गर्ने घोषणा सुन्दा खुसी भएकाहरु…



जाजरकोट । नलगाड नगरपालिका–१, ठूलाबगरका पठवीर पुनले तुइनमा झुन्डिएर यात्रा गर्न थालेको वर्षौं भयो। वर्षात्का बेला मात्र होइन, अरूबेला पनि भेरी तर्न तुइनकै भर पर्नु उनको बाध्यता हो।

२०७२ असोजमा पहिलोपटक प्रधानमन्त्री हुँदा प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरका तुइन विस्थापन गर्ने घोषणा गरेका थिए। त्यो खबर सुनेर पुन निकै खुसी भएका थिए।

तर तीन वर्षसम्म पनि त्यो वाचा पूरा हुन सकेको छैन। तुइनकै सहाराले बजार, मेलापात र सदरमुकामसम्म जानुपर्ने भएपछि उनी थप निरास बनेका छन्। ‘कहिले होला यो तुइनबाट छुटकारा पाउने ?’ उनले दुखेसो पोख्दै प्रश्न गरे, ‘कुन नेता र सरकारले तुइन चल्ने ठाउँमा गतिलो पुल बनाइदेलान् ?’

ठूलाबगरका सयौं दलित र मगर समुदायका सर्वसाधारणका लागि जीवन–मरणको विषय भएको छ दैनिक तुइन यात्रा। आजको नागरिक दैनिकको पहिलो पृष्ठमा समाचार छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: