‘सुन साइँली’का रेकर्डिस्ट महत हत्याको आरोपमा पक्राउ « Nagarik Khabar

‘सुन साइँली’का रेकर्डिस्ट महत हत्याको आरोपमा पक्राउ



काठमाडौं । चर्चित गीत ‘सुन साइली’का रेकर्डिस्ट उज्वल महत पक्राउ परेका छन् ।

बुहारीको हत्या गरेको आरोपमा उज्वल पक्राउ परेका हुन् । बिहीबार दिउँसो २५ वर्षीय बुहारी अञ्जना महतमाथि उज्वलले खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

बुहारीको हत्या गरेपछि घरमै रहेकी आमालाई उनले त्यसबारे जानकारी गराएका थिए ।

पछि प्रहरीसम्म यो घटनाको बारेमा जानकारी भयो । प्रहरी पुग्दा उज्वल घरमै थिए । उनलाई घरबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

अञ्जनाको हत्याको कारणबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त चापागाउले जनाएको छ ।

उनमा मानसिक समस्या रहेको प्रहरीको प्रारम्भिक छानबिनमा खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: