काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद मर्यादा समेत ख्याल गर्न नसक्नु लजजास्पद भएको बताएका छन्। काठमाडौं क्षेत्र नम्बर १ मा शनिवार आयोजित चियापान तथा भेटघाट कार्यक्रममा बोल्दै नेता सिंहले वर्तमान सरकारका गतिविधि ले संसदिय ब्यवस्थामा आँच पुगेको उनले बताए ।
सरकारले काम नगरेर समृद्धिको मात्र नारा लगाएको टिप्पणी गर्दै पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता सिंहले सरकारले सुसासन दिन नसकेको, बिकास बजेट खर्च गर्न नसकेको संघियता असफल बनाउन लागि परेको आरोप लगाए ।
नेपाली जनतालाई अधिकार दिलाउनका लागि जस्तोसुकै मूल्य चुकाउन तयार हुने पार्टी काँग्रेस रहेको जिकिर गर्दै उनले अहिलेको सरकारमा रहेका दलहरु हिंसात्मकबाटो सरकारसम्म पुगेको बताए । उनले आफ्नो पार्टीले जनमतको सम्मान गरेको दावी गरे ।
काँग्रेस नेता सिंहले संविधानको भावना विपरित सरकार अघि बढेमा आफूहरुलाई सह्य नहुने चेतावनी दिएका छन् । उनले सरकारको प्रतिवाद गर्ने बताए ।