लेख्नलाई १७ वर्ष अर्ध–भूमिगत : क्रान्ति सुब्बाले के लेखे ? (भिडियो) « Nagarik Khabar

लेख्नलाई १७ वर्ष अर्ध–भूमिगत : क्रान्ति सुब्बाले के लेखे ? (भिडियो)



काठमाडौं । मानिसको आआफ्नो लक्ष्य हुन्छन्, उद्देश्य हुन्छन् । ती लक्ष्यमा पुग्न र उद्देश्य प्राप्तिका निम्ति मानिसले अनेकन प्रयत्नहरु गर्छन् । त्यस्तै कोशिस गर्नेमध्ये एकजना पत्रकार तथा लेखक हुन– क्रान्ति सुब्बा ।

क्रान्ति सुब्बा हङकङमा बस्छन् । उनी हङकङ गएर नेपाल नफर्किएको पनि २५ वर्ष भयो । यो साल भने सुब्बालाई नेपाल आउने साइत जुर्यो । उनले धरानबाट एक पत्रिका पनि प्रकाशन गर्थे । लेख्थे । साहित्य अभिरुची विछट्टै थियो । तर, बाध्यता भनौ या रहर हङकङको बसाई रोज्न पुगे ।

हङकङको व्यस्त जीवन, संघर्ष आफ्नै ठाउँमा थियो । आफ्नो जन्मथलो छाडेर कर्मथलो पुगेपछि उनलाई निकै नरमाइलो खुल्दुली पनि भइरहेकै थियो । लेखक, पत्रकारको छुट्टै छवि बनाइसकेका क्रान्तिका लागि हङकङ त्यति सहज थिएन । लेख्ने, पढ्ने समय पनि उचिसारो मिल्दैन्थ्यो पनि । तर, पनि रहरलाई रोक्न सक्दैनथ्यो, छेक्न सक्दैन्थ्यो । लेखिरहे ।

२५ वर्षसम्म किन आएनन् नेपाल ?

हङकङको बसाई राम्रै थियो, छ । काम अनुसारको दाम पनि मिलेकै छ । धेरैको सपनाको शहरमध्येको हङकङको व्यस्तता भनिसाध्य छैन । लेख्न र पढ्नका लागि पनि उनले सेक्युरिटीको जबलाई रोजे । सेक्युरिटीमा काम गर्दा केही फुर्सदको समय पनि मिल्छ । उनको रोजाइ बन्यो सेक्युरिटी ।

नेपाल छाड्न त उनलाई मन थिएन । रहर भनौ वा बाध्यता पुगे हङकङ । नेपालमा भर्भराउँदो लेखक अनि पत्रकार थिए । उनले पत्रकारिता र साहित्य क्षेत्रको गरिमालाई बुझेका थिए । तर, पनि उनी हिडे मुग्लान । पुगे हङकङ । त्यहाँ पुगेपछि पनि कतिपय समयमा साहित्य लेखनमा उनी निरन्तर लागि नै रहे ।

हङकङ पुगेपछि एक वर्ष बसे, दुई वर्ष बसे । दिन बित्दै थियो । उनलाई लाग्यो– नेपाल त खाली हात जानु भएन । आफूले केही दिनैपर्छ । समय पनि भनेजस्तो नहुने । लेख्नु त्यति सहज पनि थिएन । केही न केही कृति प्रकाशन कोशेली बोकेर नेपाल आउने निधो गरे । व्यस्तताले उनले भ्याएनन् । छुट्टीको दिन पनि उनी व्यस्त नै हुने । त्यही व्यस्तताले समय निकै लामो बित्यो । उनको साथमा एउटा राम्रो कोशेली भएन नेपाल ल्याउनका लागि । त्यसैले उनको २५ वर्षसम्म नेपाल आवतजावत भएन ।

लेख्नलाई १७ वर्ष अर्ध-भूमिगत 

चाहना भयो भने मानिसले जे पनि गर्न सक्छ । हङकङको तामझाम, रमझमको दुनियाबाट केही समय ओझेल परे । सार्वजनिक कार्यक्रमहरुमा उनी उपस्थित भएनन् । ‘व्यस्त जीवनलाई त्याग्ने निधो गरेँ’ उनले भने– ‘भूमिगत, अर्धभूमिगत नै भएँ नि ।’

किन उनले यसो गरे त ? केही लेख्नुपर्छ, केही पढ्नुपर्छ भनेर उनी १७ वर्षसम्म अर्ध–भूमिगत बसेको बताउँछन् । लेख्नका लागि पढ्नुप¥यो, लेख्नका लागि समय पनि चाहियो । त्यसैले पनि उनले आफ्नो व्यस्त जीवनलाई सार्वजनिक रुपमा बन्देज लगाए ।

अर्ध-भूमिगत रुपमा १७ वर्षसम्मको यात्रामा के उपलव्धी भयो त रु उपलव्धी भएरै नेपाल आएको उनले बताए । नेपाल आउनका लागि कोशेली तयार भएर नै आफू नेपाल आएको उनी बताउँछन् । उनले ‘हङकङभित्र’ नियात्रा कोशेली बोकेर नेपाल आए ।

नेपाली उखान छ- १२ वर्षमा खोलो पनि फर्कन्छ । तर उनी २५ वर्षसम्म पनि स्वदेश आएनन् । स्वदेश आउनलाई उनलाई अरु कुराले होइन, खाली हात भयो रे । कोशेली केही नभई किन जाने भनेर नै नेपाल नआएको उनको भनाइ छ । जब नियात्रा हङकङभित्र तयार भयो, उनी नेपाल आए ।

उनको हङकङभित्र नियात्रा अब चाँडै बजारमा आउँदैछ । उनले नियात्राको कभर अनावरण पनि गरिसकेका छन् । नियात्रा फरक ढंगले प्रस्तुत गरेको उनको भनाइ छ । हङकङको सेरोफेरो, जीवन संघर्ष, नेपाल र हङकङको परिवेश, संस्कार संस्कृति लगायतका अवयवलाई उनले नियात्रामा समेटेका छन् । उनको पुस्तकमै पढ्न पाइन्छ नै । उनले अर्ध–भूमिगत नै भएर पुस्तक तयार पार्नुको कारण के थियो ?

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: