पाकिस्तानी किशोरीलाई चीनमा जवर्जस्ती वेश्यावृत्तिमा लगाएको आरोप « Nagarik Khabar

पाकिस्तानी किशोरीलाई चीनमा जवर्जस्ती वेश्यावृत्तिमा लगाएको आरोप



 

एजेन्सी । पाकिस्तानी किशोरीलाई चीन लगेर वेश्वावृत्तिमा लगाउने गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । पाकिस्तान र चीनका नागरिकबीच सम्बन्ध स्थापित गरिदिने भन्दै चीन लगिएका किशोरीलाई जवर्जस्ती वेश्यावृत्तिमा लगाउने गरेको पाकिस्तानी र चिनीया सञ्चारमाध्यमलाई उद्यृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले जनाएको छ । पाकिस्तानी विदेश मन्त्रालयले पाकिस्तान र चीनका नागरिकहरूबीच सम्बन्ध गाँसिदिने अवैध संगठनहरूलाई होसियार रहन चेतावनी दिएको उल्लेख गरेको छ ।

बितेका महिनामा पाकिस्तानका महिलाहरूलाई तस्करी गर्दै विवाहका लागि चीन लगिएका समाचारहरू पाकिस्तानी सञ्चार माध्यममा प्रकासित भएका थिए । ती समाचारहरूमा पाकिस्तानी किशोरीलाई वेश्यावृत्तिमा धकेलिने उल्लेख गरिएको बीबीसीले जनाएको छ । संगठित गिरोहले पाकिस्तानी महिलाहरूलाई चिनियाँ पुरुषहरूसँग विवाह गराइदिने भन्दै अवैधरूपमा चीन लाने गरेको र त्यहाँ उनीहरूलाई वेश्यावृत्तिमा लगाउने काममा संलग्न रहेको एफआईएका उपनिर्देशक जमिल अहमद मेवलाई उद्यृत गर्दै बीबीसीले आफ्नो समाचारमा जनाएको छ ।

केही समययता गैर कानुनी संगठनले सम्बन्ध गाँसिदिनका लागि मानिसहरूसँग धेरै पैसा लिइरहेका छन् जसले चीन र पाकिस्तान दुवै तर्फका मानिसहरू प्रभावित भइरहेका छन् भन्ने उल्लेख थियो ।पाकिस्तानी दूतावासले चिनियाँ कानुनले यस प्रकारको विदेशी सम्बन्ध स्थापित गर्न अनुमति नदिने भन्दै मानिसहरूलाई धोका दिएर गरिने यस प्रकारको विवाहबाट टाढै बस्न आग्रह गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: