काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकार संघीयता असफलत बनाउन लागिपरेको आरोप लगाएका छन् । कांग्रेस काठमाडौं क्षेत्र नम्बर १ ले शनिबार आयोजना गरेको ‘चियापान तथा भेटघाट’ कार्यक्रममा सिंहले सरकारले विकास बजेट खर्च गर्न नसकेर संघीयता असफलत बनाउन लागिरहेको बताएको बताएका छन्।
समृद्धिको नारा लगाएको सरकारले मुलुकमा सुशासन दिन नसकेको आरोप पनि लगाएका छन् ।
नेता सिंहले नेपाली जनतालाई अधिकार दिलाउन कांग्रेसले जस्तोसुकै मूल्य चुकाउन तयार रहेको बताए । नेता सिंहले पहिलो संविधानसभा निर्वाचनमा चारजना कम्युनिष्ट प्रधानमन्त्री बन्दासमेत मुलुकमा संविधान निर्माण गर्न नसकेको भन्दै कांग्रेसले मात्र मुलुकको विकास गर्ने उल्लेख गरे ।