एक महिनामा ३२१ जनाले लिए वंशजको नागरिकता « Nagarik Khabar

एक महिनामा ३२१ जनाले लिए वंशजको नागरिकता



सप्तरी । जिल्ला प्रशासन कार्यालय सप्तरीबाट वैशाख महिनाभित्र ३२१ ले वंशजका आधारमा नागरिकता पाएका छन् । नागरिकता प्राप्त गर्नेमा २२९ पुरूष र ९२ महिला रहेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

नागरिकता लिनेमा जिल्ला प्रशासन कार्यालयबाट २२०, इलाका प्रशासन कार्यालय कञ्चनपुरबाट ९८ र इलाका प्रशासन कार्यालय बोदेबरसाइनबाट तीन जनाले नागरिकता लिएको निमित्त प्रमुख जिल्ला अधिकारी आनन्द ठाकुरले जानकारी दिए ।

सर्वोच्चको आदेशपछि गत चैत २६ देखि वैशाख ३ सम्म नागरिकता वितरण कार्य रोकिएको थियो भने पुनः यही वैशाख २४ देखि गृह मन्त्रालयले अल्पकालीन जन्मका आधारमा दिइँदै गरेको वंशज नागरिकता दिनमा रोक लगाएको छ ।

वैशाख ३ मा सर्वोच्चकै आदेशबाट नागरिकता वितरण खुला भएपछि वैशाख ४ गतेदेखि नागरिकता वितरण कार्य शुरू भएको २० दिनपछि पुनः सो कार्य रोकिएको छ । दैनिक सरदर १६ देखि २० जनाले नागरिकता लिएको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: