आईपीएल फाइनलमा सलमान र कट्रिना ‘होस्ट’ « Nagarik Khabar

आईपीएल फाइनलमा सलमान र कट्रिना ‘होस्ट’



काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को जारी सिजनको फाइनल खेल आइतबार हैदरावादमा हुँदै छ । उपाधिका लागि दुई पूर्वविजेता टोलीहरू मुम्बई इन्डियन्स र चेन्नाई सपर किङ्स भिड्दै छन् ।

दुई सशक्त टोली, त्यसमाथी आईपीएलको फाइनल खेल यत्तिकै पनि रोमाञ्चक हुने गर्दछ । यो वर्षको आईपीएल फाइनललाई अझ रोमाञ्चक बनाउन बलिउडका दुई सेलिब्रेटी कलाकार सलमान खान र कट्रिना केफ पनि जोडिने भएका छन् ।

उनीहरूले आईपीएल फाइनलको प्रत्यक्ष प्रशारणमा केही महत्वपूर्ण योगदा पु¥याउने भएका छन् । यी दुई चर्चित कलाकारले आईपीएल फाइनलको प्रत्यक्ष प्रशारणमा विशेष कार्यक्रम सञ्चालन गर्ने छन् ।

त्यसका लागि उनीहरू मैदानमा भने जाने छैनन् । उनीहरूलाई आवश्यक सुरक्षा दिन नसक्ने भएपछि स्टुडियोबाटै सलमाल र कट्रिनाले कार्यक्रम सञ्चालन गर्ने भएका हुन् । खास सलमान र कट्रिना आफ्नो नयाँ ‘फिल्म’ भारतको प्रचारका लागि आईपीएल फाइनलमा देखिन लागेका हुन् ।

सलमान र कट्रिनाले अभिनय गरेको फिल्म भारत आगामी जुन पाँच तारिख बजारमा आउँदै छ । सोही फिल्मको प्रचारका लागि सलमान र कट्रिना आईपीएल फाइनलको प्रत्यक्ष प्रशारणमा ‘होस्ट’ को भूमिकामा देखिने छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: