कुकुरको आक्रमणबाट आमाकै अगाडि बालकको मृत्यु « Nagarik Khabar

कुकुरको आक्रमणबाट आमाकै अगाडि बालकको मृत्यु



एजेन्सी । एक बालक कुकुरको झुण्डको बिचमा आफूलाई बँचाउने हरेक उपायको खोजीमा थिए । आमा नजिकै रहेका बालकलाई भुस्याहा कुकुरले घेरेर आक्रमण गरे । स्थानीयको सहयोगमा बालकलाई कुकुरको झुण्डबाट बाहिर निकालियो । उनको शरीरमा कुकुरले विभिन्न ठाउँमा टोकेका गम्भीर घाउ थिए । बालकलाई अस्पताल पुर्‍याइयो । तर उपचारका लागि अस्पताल लैजाने क्रममा बालकको मृत्यु भयो । यो घटना नेपालको भने होइन । भारत मध्य प्रदेशको भोपालमा यस्तो घटना भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

भोपालको अवधपुरी इलाकाको शिव संगमनगरमा शुक्रवार बेलुकी घर बाहिर खेल्दै गर्दा कुकुरको समूहले एक्कासि आक्रमण गरे । आमाले बचाउने निक्कै प्रयास गर्दा पनि उनी आफ्नो छोरा बचाउन असफल भइन । ६ वर्षीय छोरालाई आफ्नै अगाडी कुकुरले लुछीलुछी मार्दा समेत आमाले बचाउन सकिनन् । स्थानीयले भुस्याहा कुकुर नियन्त्रणको माग राखेर प्रदर्शन गरेका छन् ।

तस्वीर: प्रतिकात्मक

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: