धार्मिकस्थलको विकास गरी पर्यटक आगमन बढाउनुपर्छ : नेता खनाल (भिडियोसहित) « Nagarik Khabar

धार्मिकस्थलको विकास गरी पर्यटक आगमन बढाउनुपर्छ : नेता खनाल (भिडियोसहित)



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता झलनाथ खनालले नेपालका धार्मिकस्थलको विकाससँगै पर्यटकको आकर्षण बढाउनुपर्नेमा जोड दिएका छन् ।

श्री पशुपतिनाथ एवं बाग्मती गङ्गा आरती सेवा समिति नेपालले शनिबार आयोजित ‘स्मारिका–२०७६’ विमोचन कार्यक्रममा उनले नेपालका जीर्ण अवस्थामा पुगेका पुराना मठमन्दिरको समेत पुनर्निर्माणसँगै पर्यटकको आकषर्ण बढाउनुपर्ने बताए ।

‘सेवा समितिले पशुपतिमा शुरु गरेको गङ्गा आरती कार्यक्रमले पशुपतिको महत्त्वसँगै पर्यटकको समेत आकर्षण बढाएको छ,’ उनले भने, ‘यस्ता अन्य धार्मिकस्थलमा फरक फरक ढङ्गबाट पर्यटकको आकर्षण बढाउन सकिन्छ ।’ २०६४ सालदेखि पशुपतिनाथ मन्दिरको पूर्व भाग बाग्मती गङ्गाको पूर्वी प्राङ्गणको सार्वजनिकस्थलमा हरेक बेलुका गङ्गा–आरती कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: