आइपिएल सकेर सन्दीप आइतबार फर्किने « Nagarik Khabar

आइपिएल सकेर सन्दीप आइतबार फर्किने



काठमाडौं । इन्डीयन प्रिमियर लिग (आइपिएल)क्रिकेटमा सहभागी भएर नेपाली क्रिकेटर सन्दीप लामिछाने आइतबार स्वदेश फर्किने भएका छन् ।

उनी आवद्ध टिम दिल्ली क्यापिटल्स शुक्रबार भएको दोस्रो क्वालिफायरमा चेन्नई सुपर किंग्ससँग पराजित भएको थियो । फाइनल खेल भने मुम्बई इन्डियन्स र चेन्नईबीच आइतबारर हुनेछ ।

सन्दीपले आइपिएलको यो सिजनमा ६ खेलबाट ८ विकेट लिएका थिए । उनी आइतबार दिउँसो साढे दुई बजे एयर इन्डियाबाट काठमाडौं अवतरण गर्ने उनका व्यवस्थापक तथा नेपाली क्रिकेट टोलीका प्राविधिक व्यवस्थापक रमन सिवाकोटीले जनाए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: