नदीमा डुबेर दुई बालकको मृत्यु « Nagarik Khabar

नदीमा डुबेर दुई बालकको मृत्यु



कैलाली । लम्किचुहा नगरपालिका–७ चाकाबाँडीमा रहेको रोरा नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ ।

लम्कीचुहा–७ मा रहेको जिटी फारवेस्ट एकेडेमी हरैयापुरमा कक्षा ४ मा अध्यनरत नौ वर्षीय सुदीप चौधरी र नौ वर्षीय समर चौधरीको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ ।

शनिबार बिहान करिब १० बजेतिर पौडी खेल्ने क्रममा डुबेका उनीहरुको करिब साढे ३ बजे शव भेटिएको थियो । शव टीकापुर अस्पतालमा परीक्षणका लागि पठाइएको वडाध्यक्ष हरिराम चौधरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: