मुलुकको विकासका लागि सबै राजनीतिक दललाई समेट्नुपर्छ : नेता नेपाल « Nagarik Khabar

मुलुकको विकासका लागि सबै राजनीतिक दललाई समेट्नुपर्छ : नेता नेपाल



सिन्धुपाल्चोक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले देशलाई अघि बढाउन एक्लैले नसकिने हुँदा त्यसका लागि सबै राजनीतिक पार्टीलाई समेटेर लैजानुपर्ने बताएका छन् ।

शनिबार लिसंखु पाखर गाउँपालिकाको ठूलो पाखरस्थित ककलिङ हरिसिद्धि क्याम्पसको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा नेता नेपालले प्राविधिक शिक्षामा जोड दिन आग्रह गरे ।

सो अवसरमा प्रदेश नम्बर ३ का वन, वातावरण, उद्योग तथा पर्यटनमन्त्री अरुण नेपालले जिल्लालाई शैक्षिक क्षेत्रको विकासका साथै पर्यटन प्रवद्र्धनमा पनि अगाडि बढाउनुपर्ने बताए ।

क्याम्पस सञ्चालन समितिका अध्यक्ष शम्शेर शाक्यको सभापतित्वमा भएको कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य माधव सापकोटाले शैक्षिक क्षेत्रको सुधारको बारेमा धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: