माथिल्लो तहका नेतामा जागरण आएन: काँग्रेस नेता थापा « Nagarik Khabar

माथिल्लो तहका नेतामा जागरण आएन: काँग्रेस नेता थापा



दाङ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गगन थापाले अहिले पार्टीले जागरण अभियान थालेको भन्दै जागरण तल्लो तहमात्रै नभई मथिल्लो तहसम्म आवश्यक रहेको बताएका छन् ।

शनिवार दाङको दङ्गीशरण गाउँपालिका वडा नं ६ को श्रीगाउँमा प्रजातान्त्रिक उद्योगी व्यवसायी सङ्घले आयोजना गरेको नयाँ वर्षका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीले अहिले तल्लोस्तरको पार्टीलाई जागरण दिन अभियान सञ्चालन गरिरहेको भन्दै यो अभियान केन्द्रीयस्तरका नेताहरुका लागि पनि हुन आवश्यक रहेको बताए ।
“अहिले जिल्ला तहमा जागरण अभियान चलिरहेको छ, तर त्यो जागरण अभियान माथिसम्म पुग्नुपर्छ”, उनले भने, “माथिल्लो तहका नेतामा पनि जागरण आएन भने पार्टी सुधार हुन सक्दैन ।” पार्टीभित्रको बेमेललाई मिलाएर पार्टीलाई एक ढिक्का बनाउनुपर्ने उनको भनाई छ ।

काँग्रेसमा व्याप्त गुट–उपगुटले गर्दा पछाडि परेको भन्दै यसलाई सुधार गर्न आवश्यक रहेकोमा उनले जोड दिएका छन् । उनले पार्टीमा केन्द्रीयस्तरका नेताभन्दा तल्लो तहका कार्यकर्ताको समर्थनले नै काँग्रेस जोगिएकोसमेत बताए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: