दैलेखमा ५.१ रेक्टरस्केलको भूकम्प « Nagarik Khabar

दैलेखमा ५.१ रेक्टरस्केलको भूकम्प



दैलेख । दैलेखमा गएराती भूकम्प गएको छ । दैलेखको नौमुले केन्द्रविन्दु रहेको ५ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । शनिवार राती १२ बजेर ३६ मिनेटमा भूकम्प गएपछि स्थानीय केहीबेर घर बाहिर निस्किएका थिए ।

भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस भएको थियो । क्षतीको विवरण भने अहिलेसम्म नआएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । यसअघि वैशाख १ गते सुदुरपश्चिमको बझाङ केन्द्रविन्दु रहेको ४.८रेक्टरस्केलको भूकम्प गएको थियो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: