कर्मचारीको तलब २५ प्रतिशत बढ्ने « Nagarik Khabar

कर्मचारीको तलब २५ प्रतिशत बढ्ने



काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत कर्मचारीको तलब २५ प्रतिशत वृद्धि गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट मार्फत सरकारले कर्मचारीको तलब १५ देखि २५ प्रतिशतसम्म बढाउने भएको राजधानी दैनिकमा खबर छ ।

निजामती कर्मचारीको मासिक तलब हाल खाइपाइ आएको भन्दा झण्डै १५ देखि २५ प्रतिशतसम्म बढाइने तयारी थालिएको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ । अर्थ मन्त्रालयका अनुसार आगामी बजेटमा सामाजिक सुरक्षा भत्ता र कर्मचारीको तलब वृद्धि गर्नुपर्ने अत्यधिक दबाब छ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: