कमिसनको चक्करमा उपभोक्ता समिति « Nagarik Khabar

कमिसनको चक्करमा उपभोक्ता समिति



दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–११ हसनापुरमा चार किलोमिटर सडक ग्राभेल गर्न उपमहानगरपालिकाले आर्थिक वर्ष २०७४/७५ मा ३० लाख रुपैयाँ बजेट स्वीकृत गरेको थियो। सडक बनाउन कटाहाका अमरबहादुर बस्नेतको अध्यक्षतामा उपभोक्ता समिति बनाइयो। उपभोक्ताले गर्ने दुई लाख ७७ हजार बराबरको श्रमदानसहित योजनाको लागत ३२ लाख ७७ हजार पुग्यो।

उपमहानगरपालिकाले उपभोक्ता समितिसँग सडक निर्माण गर्ने सम्झौता पनि ग(यो। तर समितिको अगुवाइमा उपभोक्ता मिलेर बनाउनुपर्ने सडक निर्माणका लागि २०७४ फागुन १५ मा ठेकेदार शम्भु गौतम एकाएक सक्रिय भए। बुझ्दै जाँदा उपभोक्ता समितिले नै गौतमलाई १३ लाख ५० हजारमा सडक बनाउन ‘ठेक्का’ दिएको रहेछ। गुपचुपको ‘ठेक्का’ प्रकरण बाहिरिएपछि उपभोक्ता समितिका अध्यक्ष बस्नेतले पनि यसलाई इन्कार गरेनन्।

उनले भने, ‘सडक बनाउने काम आफैंले गर्न सकिन्न भन्ने सल्लाह गरेर ठेकेदारलाई जिम्मा दिएका हौं।’सार्वजनिक खरिद ऐन, २०६४ मा उपभोक्ता समितिले आफूले जिम्मा लिएको काम निर्माण–व्यवसायी वा ठेकेदारलाई गराउन नमिल्ने प्रस्ट व्यवस्था गरिएको छ। ऐनको दफा ९७ उपदफा १० मा ‘कुनै कारणवश आफैंले समयमा काम गर्न नसके त्यसको सूचना सार्वजनिक निकायलाई दिनुपर्ने, सार्वजनिक निकायले त्यसबारे जाँच गरी उपभोक्ता समिति वा समुदायसँग भएको सम्झौता तोडेर बाँकी काम ऐन र नियमावलीको व्यवस्थाबमोजिम गराउनुपर्ने’ उल्लेख छ। यो समाचार आजको नागरिक दैनिकमा प्रकासित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: