झापाको माईपुलमा टाइम बमः सयौ यात्रुहरु अलपत्र « Nagarik Khabar

झापाको माईपुलमा टाइम बमः सयौ यात्रुहरु अलपत्र



 

काठमाडौं । झापाको कन्काई नगरपालिकाको माई पुलमा शंकास्पद बस्तु टाइम बम फेला परेको छ। राजमार्गको बीच पुलमै आइतबार बिहान शंकास्पद बस्तु फेला परेपछि सो राजमार्ग भएर चल्ने सवारी आवागमन ठप्प भएको छ।

बिहान साढे ६ बजेदेखि राजमार्ग अवरुद्ध हुँदा यात्रुहरु अलपत्र परेका छन्। उक्त बस्तु बम हुनसक्ने आशंका गरिएको छ। शंकास्पद बस्तु बम हो वा होइन भन्ने यकिन भने भएको छैन।

इलाका प्रहरी कार्यालय बिर्तामोडमा डिएसपी सुवाश खड्काले घटनास्थलमा सेनाको बम डिस्पोजल टोली पगिसकेको जानकारी दिए । उनले भने, ’उक्त बस्तु बम नै हो होइन त्यो यकिन भएको छैन। चाडै नै पत्ता लगाएर राजमार्गमा यातायात सुचारु गछौं।’

प्रहरी स्रोतकाअनुसार पुलमा राखिएको वस्तु टाइम बम हो। बम राखिएको ठाउँ नजिकै गोर्खा जनमुक्ति मोर्चा लेखिएको पर्चा फेला परेको छ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: