आजदेखि कक्षा ११ को परीक्षा शुरुः मोवाइल निषेध « Nagarik Khabar

आजदेखि कक्षा ११ को परीक्षा शुरुः मोवाइल निषेध



काठमाडौं । कक्षा ११ परीक्षा आजदेखि सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्ड र परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरका अनुसार परीक्षामा ५ लाख ८ हजार ४ सय ९४ जना परीक्षार्थी सहभागी हुँदैछन्।जेठ ८ गते सम्पन्न हुने कक्षा ११ को परीक्षामा साधारण तथा प्राविधिक विषय समूहतर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीहरुको सहभागिता रहनेछ।

 

आइतबारदेखि देशभर एकैसाथ बिहान ७ बजेबाट परिक्षा सुरु भएको परीक्षा बोर्ड परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए।उनका अनुसार परीक्षा हलभित्र मोवाइल र अन्य सामाग्री निषेध गरिएको छ ।कक्षा ११ को परीक्षामा सबैभन्दा कम मनाङ जिल्लाबाट ५१ जना र सबैभन्दा धेरै काठमाडौं जिल्लाबाट ७१ हजार ५ सय २७ परीक्षार्थी सहभागी हुँदैछन्।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: