चापागाउँ सडकमा स्थानीय बासिन्दाको अवरोध, तुरुन्तै पिच गर्न माग  « Nagarik Khabar

चापागाउँ सडकमा स्थानीय बासिन्दाको अवरोध, तुरुन्तै पिच गर्न माग 



 

ललितपुर । ललितपुरको चापागाउँमा धुलो उड्यो भन्दै स्थानीयले चापागाँउ ठेचो सडक खण्डमा अवरोध गरेका छन् । चापगाउँ प्रहरी प्रभागले बाटो खुलाउने प्रयास गरेको भएपनि यातायात अबरुद्ध भएपछि ट्राफिक प्रहरीले बैकल्पिक मार्ग खोज्न सुझाएको छ । ललितपुर प्रहरी परिसरका प्रमुख रविन्द्र धानुकका अनुसार सो क्षेत्र हुँदै चल्ने सवारी साधनको आवागमन प्रभावित भएको छ ।
टिकाभैरव, लेले लगायत दक्षिणी भेगबाट चापगाउँ हुँदै सातदोबाटोतर्फ आउने सवारी साधन टाखेलमै रोकिएका छन् । यता सातदोबाटोबाट चापागाउँ सहित ललितपुरको दक्षिणी भेगतर्फ जाने साना सवारी साधनलाइ धापाखेल हुँदै पठाइएको छ । ललितपुरकै पाटन स्थित सुन्धारामा मिननाथ र रातो मच्छिन्द्रनाथको रथ राखिएका कारण उक्त स्थान हुँदै चल्ने सवारी साधनलाई सुन्धारा चोक र मंगलबजारबाट डाइभर्सन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: