आईपिएलको उपाधिका लागि आज मुम्बई र चेन्नई भिड्ने « Nagarik Khabar

आईपिएलको उपाधिका लागि आज मुम्बई र चेन्नई भिड्ने



एजेन्सी । इन्डीयन प्रिमियर लिग आईपिएल क्रिकेटको उपाधिका लागि आज मुम्बई इन्डीयन्स र चेन्नई सुपर किँग्सबीच प्रतिस्पर्धा हुँदैंछ । खेल नेपाली समय अनुसार बेलुकी पौने आठ बजे हैदरावादमा सुरु हुनेछ ।

आईपिएलको फाइनलमा चेन्नई र मुम्बई तीन पटक भिडेका छन् । त्यसमा मुम्बईले दुई र चेन्नईले एक पटक उपाधि जितेकाले आजको खेल निकै प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । आजको विजेताले चौथो पटक उपाधि जित्नेछ । यसअघि यी दुई टोलीले समान तीन तीन पटक उपाधि जितेका छन् ।

सन् २०१९को आईपिएलको सिजनमा यी दुई टोली तीन पटक भिडेकोमा सबै खेल मुम्बईले जितेको छ । आजको खेलमा पनि पुरानै टोली मैदान उतार्ने दुवै टोलीको तयारी छ ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: