९ बर्षपछि फरार अभियुक्त पक्राउ « Nagarik Khabar

९ बर्षपछि फरार अभियुक्त पक्राउ



काठमाडौं । काभ्रेका दीर्घबहादुर गोलेको हत्या गरी फरार भएका व्यक्तिलाई प्रहरीले ९ बर्षपछि पक्राउ गरेको छ । मृतकका छोरा धन बहादुर गोलेको जाहेरीका आधारमा केन्द्रीय अनुसन्धान व्यूरोले अभियुक्त इन्द्रबहादुर मोक्तानलाई पक्राउ गरेको हो ।

मोक्तान १ असार २०६७ मा काभ्रेपलान्चोक तत्कालिन गोकुले गा.बि.स. वडा नं. ०४ स्थित गोकुले भन्ने स्थानमा दिर्घ बहादुर गोलेलाई धारिलो हतियार प्रयोग गरि हत्या गरी फरार भएका थिए । उनलाई हाल ललितपुर माहानगरपालिका सानेपाबाट पक्राउ गरिएको व्यूरोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: