इलाम उद्योग संघमा कांग्रेस निकट चिपालुको प्यानल विजयी « Nagarik Khabar

इलाम उद्योग संघमा कांग्रेस निकट चिपालुको प्यानल विजयी



इलाम । इलाम उद्योग वाणिज्य सङ्घको आठौँ अधिवेशनले ईश्वर चिपालुलाई अध्यक्षमा निर्वाचित गरेको छ ।

नेपाली कांग्रेस निकट प्रजातान्त्रिक प्यानलका उनले ६३४ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० निकट प्रगतिशील प्यानलका देवेन्द्र शङ्करले ३९३ मत मात्र प्राप्त गरे । यसअघि सङ्घको वरिष्ठ उपाध्यक्षमा चिपालु र कोषाध्यक्षमा शङ्कर रहेका थिए ।

यसैगरी सङ्घको वरिष्ठ उपाध्यक्षमा कृष्ण पौडेल, वाणिज्य उपाध्यक्षमा दीपेश श्रेष्ठ, उद्योग उपाध्यक्षमा दुर्गा श्रेष्ठ (मदन) र महिला उपाध्यक्षमा अनुजा गजुरेल (सुवेदी) विजयी भएका छन् ।

महासचिवमा हेमन्त गौतम (अत्री), सचिवमा श्रीबहादुर र कोषाध्यक्षमा सन्तोष भक्तराज लवट विजयी भएको निर्वाचन अधिकृत तीर्थ खतिवडाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: