अर्थमन्त्रीलाई राजनीतिक पूर्वाग्रह त्याग्न पूर्वअर्थमन्त्री कार्कीको सुझाव « Nagarik Khabar

अर्थमन्त्रीलाई राजनीतिक पूर्वाग्रह त्याग्न पूर्वअर्थमन्त्री कार्कीको सुझाव



काठमाडौँ । नेपाली काँग्रेसका सांसद ज्ञानेन्द्र बहादुर कार्कीले राजनीतिक आग्रह र पूर्वाग्रहबाट मुक्त हुन सरकारलाई सुझाव दिएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै कार्कीले अर्थमन्त्री डा युवराज खतिवडालाई राजनीतिक आग्रह र पूर्वाग्रहबाट मुक्त हुन सुझाव दिए ।

आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता माथिको छलफलमा आफ्नो धारणा राख्दै पूर्वअर्थमन्त्री समेत रहेका सांसद कार्कीले भने “मुलुकको ढुकुटीको चाबी बोकेको सरकारको अर्थमन्त्रीले राजनीतिक आग्रह र पूर्वाग्रह भन्दा माथि उठेर यथार्थवादी हुनु जरुरी छ । आफू बाहेक अरू सबै खराब हुन भन्ने दर्शनले अर्थतन्त्रलाई सही बाटो दिन सक्दैन ।”

सरकारले कनिका छरे जस्तै बजेट छरेर भोटको राजनीति गरेको उनको आरोप छ । त्यस तर्फ गम्भीर बन्न उनले सरकारलाई आग्रह गरेका छन् । सामाजिक सुरक्षाको दायरामा ल्याउने गरी बजेट तर्जुमा गर्ने, कृषि उत्पादनमा वृद्धि, आयात निरुत्साहीत र निर्यात वृद्धि, व्यापार घाटा कम गर्ने तथा राजश्व प्रणालीलाई लगानी मैत्री बनाउने भनिएपछि प्राथमिकतामा नपरेको भन्दै यसबारे स्पष्ट योजना आउनुपर्नेमा पूर्वअर्थमन्त्री कार्कीको जोड छ ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: